वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति दोब्बर

२०७१ कार्तिक १ गते 

baideshk rojgar१ कार्तिक, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अंगभंग भएका कामदारले पाउने क्षतिपूर्ति रकम बढाएर दोब्बर बनाइएको छ । विदेशमा मरेका कामदारका आफन्त तथा घाइतेले क्षतिपूर्ति रकम अत्यन्त न्यून भएको गुनासो गर्न थालेपछि सरकारले दोब्बर बनाउने निर्णय गरेको हो ।
अब सरकारको अनुमति लिई वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा त्यस्ता कामदारका परिवारले तीन लाख रुपैयाँ आर्थिक सहयता पाउनेछन् । यो निर्णय हुनुअघि एक लाख ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउने गरेका थिए । अंगभंग हुँदा पाउने रकम भने शारीरिक क्षतिका आधारमा फरकफरक किसिमको रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशक टीका भण्डारीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार तथा अंगभंग भएका कामदारलाई उपलब्ध गराइने आर्थिक सहायता रकम दोब्बर बनाउने निर्णय गरेको जानकारी  दिए ।
क्षतिपूर्ति रकम पाउन के गर्नुपर्छ ?
क्षतिपूर्ति रकम पाउन मृत्यु भएका कामदारको हकमा सम्बद्ध व्यक्तिको राहदानी, श्रम स्वीकृति पत्र, करारपत्र, मृत्यु प्रमाणपत्र, हकवालाको नाता प्रमाणित भएको प्रमाण, सम्बद्ध मुलुकमा रहेको दूतावासको सिफारिसपत्र लगायतका कागजपत्र पेस गर्नुपर्ने व्यवस्था छ । कामदारको मृत्यु भएको मितिले एक वर्षभित्र आर्थिक सहायता पाउन वैदेशिक रोजगार प्रवर्द्धन बोडमा निवेदन दिइसक्नुपर्ने हुन्छ । करार अवधिभित्र मृत्यु भएकाले मात्र क्षतिपूर्ति पाउँछन् ।
यसैगरी अंगभंग भएकाहरुले पनि क्षतिपूर्ति रकम पाउन सम्बर्द्ध कामदारको राहदानी, श्रम स्वीकृति पत्र, करारपत्र, रोजगारदाता मुलुकमा उपचार गराएको कागजपत्र, सम्बन्धित देशमा रहेको दूतावासको सिफारिसपत्र, कामदारको नागरिकता, अंगभंग हुँदाको अवस्थाको फोटो, नेपाल फर्किएको हवाई टिकटलगायत कागजपत्र बोर्डमा पेस गर्नुपर्छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment