न्यु होराईजन वुटवलको रजत ज्यन्तीमा गुल्मी पनि


 प्रेम सुनार
गुल्मी, कार्तिक १३ ।  न्यु होराईजन उच्च माध्यामिक विद्यालय, वुटुवलले आफ्नो रजत जयन्ती विशेष कार्यक्रममा गुल्मी जिल्लाका विद्यालयहरुलाई पनि सहभागि बनाउने भएको छ । उसले भोली कार्तिक   १४ गते गुल्मीमा हाजिरी जवाफ प्रतियोगिता गरेर गुल्मीका विद्यालयहरु संग पनि आफ्नो विद्यालयको रजत जयन्तीको खुशी बाँड्ने  भएको हो ।
   गुल्मीबाट सुरु हुने  हाजिरी जवाफ प्रतियोगिता क्रमशः लुम्विनी अञ्चलका ६ वटै जिल्लामा गर्न लागिएको त्यस विद्यालयका उप–प्राचर्य वासुदेव अर्यालले जानकारी दिए । हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गर्न आएका टोली प्रमुख अर्यालले सदरमुकाम तम्घासमा विहिवार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् ।
   उनका अनुसार शुक्रवार गुल्मीको रेसुङ्गा माध्यामिक विद्यालय तम्घासमा हाजिरी जवाफ प्रतियोगिता गर्ने, कार्तिक १६ गते अर्घाखाँचीको आवसीय उच्च मा.वि.मा,  १९ गते  कपिलवस्तुको गौतम बुद्ध उच्च मा.वि.गोरुसिंगेमा, २१ गते पाल्पाको न्यु होराईजन उच्च मा.वि.तानसेन, २३ गते नवलपरासीको दाउन्ने देवि पार्टी प्यालेस  वर्दाघाट ,  र कार्तिक न्यु होराईजन कलेज  डाईवर टोलमा हाजिर जवाफ प्रतियोतिा हुने छ ।

यसरी जिल्ला स्तरिय प्रतियोगितामा प्रथम भई आएका समुहहरुलाई पौषको पहिलो हप्ता न्यु होराईजन उच्च मा.वि. वुटवलले आफ्नै मातृ संस्थामा अञ्चल स्तरिय प्रतियोगिता गर्ने जनाईएको छ । जिल्ला प्रथम, द्धितित र तृतीयलाई क्रमशः ५ हजार , ४ हजार र ३ हजार नगद पुरस्कार सहित शिल्ड, कप र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै अञ्चल स्तरिय हाजिरी जवाफ प्रतियोगितामा क्रमशः २१ हजार , १५ हजार  र १० हजार नगद पुरस्कार, शिल्ड कप र प्रमाण पत्र प्रदान गरिने सो विद्यालयका प्रार्चाय लोकनाथ उपाध्यायद्धार हस्ताक्षरित पत्रमा उल्लेख छ ।
   भोली गुल्मीको रेसुङ्गा माध्यामिक विद्यालयमा हुने प्रतियोगितामा जिल्लाका २० देखि ३० वटा सम्म विद्यायले सहभागि हुने अपेक्षा रखिएको न्यु होराईजनका शिक्षक एवं गुल्मी जिल्ला प्रतियोगिताका संयोजक प्रकाश खनालले बताए ।  संस्थागत विद्यालयहरुमा लुम्विनी अञ्चलमै वैग्लै पहिचान स्थापित गर्न सफल त्यस विद्यालयमा अहिले ६ हजार भन्दा बढि विद्यार्थी र ६ सय भन्दा बढि शिक्षकहरु कार्यरत रहेका छन् । आज भन्दा २३ वर्ष अघि एउटा सामन्य मिल रहेको घरबाट जम्मा ३ सय जना विद्यार्थीबाट सुरु  गरिएको यस विद्यालयले आज एउटै कक्षामा ३ सय ७१ जना विद्याथी पढाउन पाएको प्रति हामी गर्व गर्दछौं’– उप–प्राचार्य अर्यालले भने । गुल्मीमा प्रतियागिता सञ्चालन गर्न अञ्चल स्तारिस संयोजक रहेका त्यस विद्यालयका शिक्षक  हरिप्रसाद पौड्याल, अन्य विषय शिक्षकहरुमा पुर्षोतम भण्डारी ध्रुव पन्थी, सुरज शर्मा, विष्णुप्रसाद बस्याल, रमेश रेग्मी तारानाग भट्टराई लगायत आएका छन् ।







Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment