सिके राउतको रिहाईको माग राख्दै गरेको मधेश बन्द आह्रवान असफल

ck raut


सिरहा, असोज १८ – सिके राउतका लागि आजका लागि आह्वान गरेको मधेश बन्द कार्यक्रम पूर्णतया असफल भएको छ । दशैंको मधेशमा ठाउँ ठाउँमा मेला लागेको कारण जनताले बिहानैदेखि अवज्ञा गरी बन्दलाई प्रभावहिन बनाएको छ । सिके राउतको संगठनको थोरबहुत प्रभाव रहेको सप्तरी, सिरहा, धनुषा, सर्लाही, बारा, पर्सालगायतका जिल्लामा बन्दको कुनै पनि प्रभाव नरहेको त्यहाँस्थित हाम्रा समाचारदाताहरुले बताएका छन् । वीरगञ्जको घण्टा घरमा मेला हेरिरहेका शम्भु पटेलसँग जिज्ञसा राख्दा उनले बन्दको अवस्था तपाईको सामुनेमा छ, विहानदेखि गाडी घोडा चलेका छन् कहि कतै कुनै रोकटोक छैन, छोटो दुरीको सबै गाडीहरु चलेका छन् साँझमा लामो दुरीका गाडीहरुको के हुन्छ त्यो थाह भएन तर वीरगञ्जमा कुनै प्रभाव देखिएन । त्यस्तै जनकपुर रमानन्द चौकमा रहेका विश्वनाथ साहसँग फोन सम्पर्क गर्दा आज मधेश बन्द हो भने कुरा जनकपुरबासीलाई थाह पनि छैन, सबै मेलापातमा रमाई रहेका छन्, सबै पसलहरु खुल्ला छन्, गाडीहरु चलेकै छन् यहाँ बन्दको कुनै प्रभाव नरहेको बताए । चोहर्वा चौकमा मोटरवाइकमा भेटिएका काशेन्द्र यादवसँग बन्दको बारेमा जिज्ञासा राख्दा उनले आफू कान्छीबजारबाट आइरहेको र बाटोभरि कुनै रोकटोक कतै भेटिएन, राजमार्गमा पनि गाडी चलेको बताए । उनले यो पनि भने कि मधेशी जनता अब आन्दोलनको पक्षमा छैन, सिके राउत आउस कि कुनै राउत आयोस् कसैको उक्साहटबाट मधेशी जनता जाग्नेबाला छैन, बरु यो दशैंको मौकामा बन्द गर्नाले जनता झन नकारात्मक हुने भएकाले दशैं तिहार र छठसम्म बन्द नगर्न बन्दकर्ताहरुसँग उनले आग्रह गरे । रमेश महतो सहिद चौकमा रहेका रिक्सा चालक महेन्द्र रामले बिहान बन्दको हल्ला एकछिन त सुनिएका थिए तर गाडीहरु चलेको देखेर आफू पनि रिक्सा निकालेको बन्दको कुनै प्रभाव कतै देखिएन अरु दिन त चौकमा कार्यकर्ताहरु देखिन्थ्यो तर आज त्यो पनि नदेखिएको बताए । शुक्रवार साँझ बन्दको आह्वानमा मसाल जुलुस पनि गरेका थिए तर विहानदेखि कुनैपनि कार्यकर्ताहरु सडकमा देखिएका थिएन । सिके राउतको गृह जिल्ला सप्तरीमा पनि बन्दको कुनै प्रभाव देखिएन । सदरमुकाम राजविराजमा पनि विनारोक टोक गाडीहरु चलिरहेका थिए । भक्तजनहरु आआफ्ना गन्तव्यमा गइरहेका देखिन्थे । गजेन्द्रनारायण सिह चौकमा भेटिएका विष्णु देवले भने, अस्तिदेखि बन्दको हल्ला त सुनिएको थियो तर विहानदेखि नै गाडीहरु चलेको देखियो कसैले आज कुनै प्रकारको रोकटोक गरेनन् । सायद बन्द फिर्ता लिए होला ।’ सिरहा सदरमुकाम सिरहा बजारको हेमनारायण चौकमा रिक्सा चालक मोहित पासवानले बन्द छ भने कुरा आफूलाई कुनै जानकारी नरहेको बताए । विहानदेखि रिक्सा चलाई रहेको छु, मेला हेर्नेहरुलाई बोक्ने काम गरिरहेको छु गाडी तथा म्याजिकहरु पनि चलेका छन् पसलहरु पनि खुलेका छन्, रिक्सा चालक पासवानले बताए । यति रिर्पोटिगं पछि बन्द कर्तासँग जिज्ञासा राख्दा राउतको एकजना संगठनकर्ता सप्तरीका ब्रहमदेवले आफ्नो बन्द जारी रहेको बताए । उनले ठाउँ ठाउँमा आफ्नो कार्यकर्ताहरु परिचालित भन्दै यसलाई निरन्तरता पनि दिने बताए । भारदहमा बन्दकै कार्यक्रमका लागि एक कार्यक्रम आयोजना गर्न लागेका ब्रहदेवले फोनमा भने, बन्द फिर्ता भएको छैन बन्द कार्यक्रम सफल भएको छ । 

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment