नवदुर्गा भवानीको प्रसादका रूपमा मान्यजनको हातबाट आशीर्वाद लिँदा समृद्धि बढ्ने जनविश्वास रहेको छ ।
असत्यमाथि सत्य र दानवी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने विजयादशमीलाई हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ ।
मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा भने दशमीको दिनमा मात्रै टीका थाप्ने प्रचलन रहेको छ । राजधानीलगायतका अन्य स्थानमा भने कोजाग्रत पूणिर्माको दिनसम्म टीका जमरा थाप्ने क्रम जारी रहने छ ।
0 comments:
Post a Comment