छपनि समाज गुल्मीले दशैँ,तिहार पर्वको शुभकामाना

अनिल खत्री
गुल्मी असोज २३ छल्दि पनाह तथा निस्ति (छपनि) समाज गुल्मीको आयोजनामा दशैँ,तिहार तथा छठ पर्वको अवसरमा शुभकामाना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम तम्घासको जिविस हलमा सम्पन्न भएको छ ।
छपनि समाजका संयोजक बिष्णु बहादुर घर्तिको अध्यक्षता रहेको कार्यक्रममा नेपाली कांङग्रेसका विष्णु पन्थी,नेकपा एमालेका शेसकान्त गौतम , छपनि समाजका केन्द्रिय संयोजक चिरञ्जीवी भण्डारी, निमित्त स्थानिय विकास अधिकारी भक्तिराम मरासीनी, निमित्त जिल्ला वन अधिकृत कर्ण पाण्डे, निर्वाचन कार्यलयका लक्ष्मण पाण्डे,रेसुङुगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकान्त पन्थी,उपप्रध्यापक बिष्णुकान्त पन्थी , उपप्रध्यापक लक्ष्मण रिजाल, पूर्व क्याम्पस प्रमुख प्रेमनाथ अर्याल, र्अजुन बोडिङका प्रिनसिपल दान बहादुर के.सी,पत्रकार जर्नार्दन धिमिरे, ज्ञान बहादुर महतरा, प्रेम सुनार, विशाल भट्टराई,खिम खड्का,सुशिला थापा लगायतको उपस्थिति रहेको थियो ।
छपनि समाजका केन्द्रिय संयोजक चिरञ्जीवी भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्दै छपनि समाज छल्दी, निस्ति र पनाह खोलाले छुने भेगलाई समेटेर मातृत्व, संदभाव र एकता विकास गर्ने उद्येश्यले गठन भएकोले छपनि समाज देशैभरी फैलाउन आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रम छपनि समाज गुल्मीका समन्वय समिताी सदस्य झविलाल विश्वकर्माको स्वागत एवम पदम थापाको संचालनमा सम्पन्न भएको थियो । सोही अवसरमा छपनि समाजले एउटा पुस्तक र फोन डायरी समेत विमोचन गरेको छ ।




Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment