सौर्य ऊर्जामार्फत खानेपानी आयोजना सञ्चालन

२०७१ असोज २६ गते 

drinking water

२६ असोज, दाङ । दाङको हलवार गाविसस्थित अति विकट गाउँ खुमखानीमा विदेशी सहयोगमा सौर्य ऊर्जामार्फत खानेपानी आयोजना सञ्चालन गरिएको छ ।
सो गाविसको वडा नं. ६ मा एक करोड २५ लाख रुपैयाँको लागतमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको खानेपानी आयोजना निर्माण समितिका संयोजक फत्तेबहादुर थापाले जानकारी दिए ।
काजुरीको कार्यालय, बि्रटिस गोर्खा र नेपाल तल्लो दीप पोखराको आर्थिक सहयोगमा आयोजना सम्पन्न भएको हो । खोल्साको पानी सङ्कलन गरी करिब ६ किलोमिटरमाथिको खुमखानी बस्तीमा पुर्‍याइएको संयोजक थापालले बताए । आयोजनाअन्तर्गत त्यहाँका ५२ घरधुरीका लागि छवटा धारा सञ्चालनमा ल्याइएका छन् ।
धारा सञ्चालनमा आएपछि खुमखानीका बासिन्दा हषिर्त भएका छन् । काजुरीले दाङका विभिन्न स्थानमा झोलुङ्गेपुल, सडक र विद्युत् विस्तारमा सहयोग गर्दै आएको छ । रासस-

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment