तिहारलाई भारतबाट सयपत्री फूल आयात

२०७१ असोज २६ गते



mala


२६ असोज, काठमाडौ । पुष्प ब्यापारीले तिहारका लागि भारतबाट सयपत्री फूल आयात गर्ने तयारी गरेका छन् । स्वदेशी उत्पादनले बजार माग पुरा नगरेपछि भारतबाट आयात गर्न लागिएको हो ।
तुलनात्मक रुपमा यसपटक तिहार छिटै परेको, प्राकृतिक प्रकोप र सेप्टोरिया (डढुवा) रोगका कारण फूल उत्पादनमा कमी आएकोलगायतका कारण भारतबाट ठूलो परिमाणमा फूल आयात गर्नुपर्ने अवस्था रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
पुष्पब्यवसायीको छाता संगठन नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का उपाध्यक्ष कुमार कसजु श्रेष्ठले यसपटकको तिहारमा भारतीय सयपत्री फूलमा नै भर पर्नुपर्ने अवस्था रहेको जानकारी दिए । यसपटक तिहार छिटो आएकोले पनि नेपालमा फूल फुल्न बाँकी नै रहेको अवस्था छ । ‘अहिले बल्ल कोपिला लाग्न थालेको छ,’ उनले भने, ‘यसले गर्दा पनि समयमा फूल फुल्ने अवस्था छैन ।’
श्रेष्ठका अनुसार यसपटक बाढीसँगै आएको पहिरो र केही क्षेत्रमा भएको सुख्खाका कारण पर्याप्त सयपत्री फूलको बिरुवा लगाउन सकिएन । रोपिएका बोट पनि बाढी, पहिरो र सुख्खाका कारण नष्ट हुँदा स्वदेशी फूलको अभाव भएको छ । कोपिला नबन्दै लागको सेप्टोरिया रोगका कारण पनि फूल उत्पादनमा कमी आएको छ । फ्यानका अनुसार यसपटक कुल खपत हुने मालामध्ये झण्डै एक करोड ४० लाख सयपत्री फूलको थुंगाबाट निर्मित साढे तीन लाख माला भारतबाट भित्र्याउन लागिएको हो । यसबाहेक एक करोड ८० लाख फूलको र्थुंगाबाट निर्मित करिब चार लाख ५० हजार माला स्वदेशी उत्पादनबाट तयार पारिनेछ । एउटा मालामा सरदर ४० वटा थुँगा हुन्छन् ।
तिहारमा सयपत्री फूलको विशेष महत्व भएकाले यसको माग नेपाली बजारमा अत्याधिक छ


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment