राईले बुझाए भेटेको लाखौं रुपैंयाको गरगहना, प्रहरीद्वारा इमान्दार नागरिक घोषणा



तेजन खड्का, उर्लाबारी, २२ असोज, 
एक महिलाको गरगहना सहित १ लाख बढीको हराएको सम्पती भेटेर बुझाउने मोरङ पथरी-शनिश्चरे ८ नयाँ मंगलबारेका सागर राईलाई प्रहरीले उत्कृष्ठ इमान्दार नागरिक घोषणा गरेको छ ।
राईले आफूले भेटेको सामान इलाका प्रहरी कार्यालय पथरीमा बुझाएपछि कार्यालय प्रमुख रुद्र चुडालले आज राईलाई उत्कृष्ट इमान्दार नागरिकका रुपमा घोषणा गर्नुभएको छ । चुडालले राईको फोटो फ्लेक्स बोर्डमा कार्यालयमा राखेर मानिसहरुलाई इमान्दार बन्न सन्देश दिने बताउनु भयो ।
झापा सतासीधाम १ की पुष्पा शेर्माले हिजो आफ्नो माइतीघर मोरङको डाँगीहाटस्थित लक्ष्मीमार्गबाट मोटरसाइकलमा सतासीधाम फर्किने क्रममा आफ्नो झोला सहित सामान हराउनु भएको थियो । झोलामा १ तोलाको सुनको चुरा, ८ आनाको कानको पिंजडा रिङ, ४ आनाको मंगलसुत्र, ३ आनाको औंठी र नगद ३ हजार ४ सय ५० रुपैयाँ रहेको थियो ।
राईले बयरबनस्थित कानेपोखरी पूर्व लेटाङ जाने बाटोमा झोला झरेको अवस्थामा फेला पारेर पथरी प्रहरीलाई बुझाउनु भएको थियो । प्रहरीले आज शेर्मालाई झिकाएर सामान हस्तान्तरण गराएको हो ।
-

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment