यि हुन काठमान्डौको नुवाकोट जिल्ला देउराली गा.वि.स.वडा नं.९ निवासी टेक ब.तामाङकी माईली छोरी मायाँ तामाङ । उनि तिन बर्ष अगि देखि रोजगारिको सिल सिलामा बिदेशमै हुदा र तिन बर्षको अन्यतिर गुल्मी वडागाँउ २ निवासि हिरा ब.सर्तुङ्गेको साईलो छोरा शिवे भन्ने सँग फोनमा कुरा भयो जो दुई बर्ष देखि कुवेतमा छन उनै शिबे सँगको फोन कै कुरा कानीको आधारमा उनि बिदेश बाट नेपाल आई सोहि फोन वाला केटाको घर खोज्दै खोज्दै गुल्मी पुगेर उनको घर समालेकी छिन ।शिवका घरमा २ साना छोरी र १ छोरा छन भने शिवको अघिल्ली
श्रीमतिले शिव बिदेश भएकै बेला उनले पठाएको सबै पैसा लिएर केटा केटि घरै छोडी पाल्पा मदन पोखराका कन्या केटा सँग मेरो पनि बिवाह भएको छैन भन्दै पोईला गएकि थिईन, उनैले छाडेका टुहुरा छोरा छोरि की आमा बनेकी छिन यिनै मायाँ तामाङ जसले हुने वाला श्रीमानको अनुहार सम्म देखेकी छैनन् उनि भन्छिन गाउकाले भन्छन मेरो श्रीमान धेरै सोझोछन रे,...उनलाई मैले तिम्रो हुनेवाला श्रीमाले पनि छाडे भने के गर्छेउ भन्दा उनि भन्छिन छोडदेनन् फोनमा कुरा गरेरै आको हो, यदि उनले छाडे भने पनि मैले उनलाई छाडदै छाडदिन किन कि मैले उनको धेरै काम गर्यो, उसको छोरा छोरि लाई राम्ररी पाल्यो घरफोहोरो थियो सरसफाई गरि फुल रोपेर राम्रो गरायो भैसिको थोरो ३५ सयमा किनेर पालेको छु त्यहाँ भएको खेतिपाति पनि राम्रो गरेको छु उसको घरको ट्वाईलेट गराई दिए उसको दुलईले लगाएको दुईलाख रिन तिर्यो अझै ३० जहार जति रिण तिर्नै वाँकी छ । उनि भन्छिन पुषमा बुढा आउने रे उनि आए पछि टिका लगाएर बिवाह गर्ने हो ।अनि बुढोलाई लिएर काठमान्डौ गए पछि बल्ल बुवा आमालाई भेटने हो ।
0 comments:
Post a Comment