अनिल खत्री
गुल्मी असोज–२२ हिन्दु नेपालीहरुको महान पर्व बिजय दशमी सकिए लगतै चाड पर्व मनाउन आफनो घरमा फर्केका नेपालीहरु आफ्नो गन्तब्यमा फर्किने क्रम सुरु भएको छ । नेपालीहरुले बिजयादसमीलाई महान पर्वको रुपमा मानिन्छ । सकेसम्म यो पर्वमा विदा मिलाएर नेपालीहरु दसै मनाउन आउने गर्दछन । अरु चाड पर्व भन्दा बिजया दसमीलाई हिन्दु नेपालीहरुले धुमधाम संग मनाउने गर्दछन । लामो समय सम्म देश प्रदेशमा रहेका आफन्तहरु यो पर्वमा एकै ठाउमा जम्मा भएर रमाईलो गरि मनाउने गर्दछन । दसै पर्व मनाए सगै अहिले चाडपर्व मनाउन आएका नेपालीहरु आफ्नो गन्तब्यमा फर्किने क्रम सुरु भएको छ । आफनो कार्यक्षेत्रमा फर्कन लागेका नेपालीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले दुरर्घटना न्यूनिकरण गर्न यात्रु तथा सवारी धनीलाई जोखिम पुर्ण यात्रा नगर्न र नगराउन अनुरोध गरेको छ ।
सवारी सानधनमा यात्रा गराउदा क्षमता भन्दा वढी यात्रु नराख्ने, सवारी साधनमा छतमा बसेर यात्रा नगर्ने, सवारी साधन चलाउदा चालकलाई मोवाईलमा कुरा गर्न नदिने, सवारी साधन चलाउने चालकले मादक पदार्थ सेवन गरे तुरुन्त प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुरोध गरेको छ । यता गुल्मी जिल्लाका अधिकांस ग्रामीण कच्चिबाटोहरुमा चल्ने सवारीका साधनहरुले क्षमता भन्दा वढी यात्रु राख्ने र छतमा पनि यात्रु राखेर जोखीम पुर्ण यात्रा गराउने गरेका छन ।
0 comments:
Post a Comment