श्रीमतिहरु मेलामा श्रीमानहरु तासमा


  प्रेम सुनार
गुल्मी , साउन–१४ । बुढापाकाहरुले भन्ने गर्थे यो वर्खायाम त मरेको मान्छे उभाएर काम गर्ने बेला हो । हुन पनि यति बेला गाउँमा खेती मेलाको कामले सास फेर्ने फुर्सत हुदैन् । तर दुखको कुरा जिल्लाका कैयौं गाउँहरुमा कतिपय पुरुषहरु दिनभरी तास खेलेर आफुहरुलाई हैरान पारेको महिलाहरुले गुनासो गर्दै आएका छन् ।
   छिमेकका जाँड भट्टीमा जाने,  दिनभरी तास खेल्ने र राती घरमा आई कुटपिट गर्ने गरेको केहि गाउँहरुबाट  गुनासो आए पछि आजै जिल्ला प्रहरी कार्यालयको टोलीले छड्के अनुगमन गरेको छ ।
   ‘अहिलेलाई ति गाउँहरु गोप्य राखेर रेकी गर्ने काम भएको छ’– जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले भने–‘ रेकीमा पठाएका प्रहरीको रिपोर्ट आए पछि छापा मारेर तास खेल्नेहरुलाई पक्राउ गरिने छ । ’
   तास खेलेर हैरान पार्ने गरेका गुनासा आएका ति गाउँहरुमा तास खेल्ने विरुद्ध गोप्य सुचना दिन समेत आग्राह गरिएको छ । प्रहरी प्रमुख लम्सालले आफ्नो जिम्मेवारी सम्हाले देखि नै जुवातास र घरेलु मदिरा नियन्त्रण लगायतका समाजका विकृति विसंगति विरुद्ध उल्लेखनिय कदमा चाल्दै आएका छन् ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment