विराटनगर, साउन १३ –
मोरङमा भएको दुईवटा मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
सोमबार साँझ सोराभागमा को १८ प २६७० नम्बरको मोटरसाइकल कल्भर्टमा ठोक्किदा दुईजनाको र भारतीय मोटरसाइकलको ठक्करबाट अर्का एक जनाको ज्यान गएको हो ।
रंगेलीबाट विराटनगर आउँदै गरेको मोटरसाइकल सोराभागमा कल्भर्टमा ठोक्किदा आमगाछी ३ का २१ वर्षका धर्मेन्द्र मुखिया र २२ वर्षका रञ्जित नुनियाको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार राती पूर्वपश्चिम राजमार्गमा भारतीय मोटरसाइकलको ठक्करबाट ज्यान गुमाउनेको भने परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक भारत सिलगुडीका सुरजकुमार लिम्बु र पछाडी बसेका बिक्रम सार्की घाइते भएका छन् । उनीहरुलाई प्रहरीको निगरानीमा पथरी अस्पतालमा उपचार भइरहेको छ ।
0 comments:
Post a Comment