रेसुङ्गा नगर पालिकाको प्रथम नगर परिषद सुरु


प्रेम सुनार 
गुल्मी , असार ३१ मंगलबार देखि रेसुङ्गा नगर पालिकाको प्रथम नगर परिषद सदरमुकाममा सुरु भएको छ । प्रथम नगर परिषदको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर २ का सभाषद चन्द्र भण्डारीले उद्घाटन गरेका हुन् । परिषदको उद्घाटन गर्दै भण्डारीले रेसुङ्गा नगर पालिकालाई आगमी पाँच वर्ष भित्रमा नेपाल कै नमुना नगर पालिका बनाउनका लागि सवै एक जुट हुन आग्राह गरे ।चुनाव ताका मात्रै राजनैतिक भाषण गरौं उनले भने अरु समय विकास निर्माणमा साझा धारणा बनाएर अगाडी बढ्न सके नेपाल कै नमुना नगर पालिका बनाउन सकिन्छ ।
नगर परिषदको उद्घाटन सत्रमा रेसुङ्गा नगर पालिकाका कार्यकारी अधिकृत वावुराम पल्लीले आगमी वर्षका लागि झण्डै ६ करोड रुपैयाँको वजेट प्रस्तुत गरेका थिए । चालु तर्फ सरकारबाट ६० लाख अनुदान, आन्तरिक आय २१ लाख अनुमान गरी ८१ लाख खर्च गर्ने प्रस्ताव पल्ली गरेका छन् । त्यस्तै नेपाल सरकारको पुँजीगत अनुदान ३ करोड ५९ लाख ४० हजार, मालपोत रजिष्टेशन र राजस्व असुलीबाट १५ लाख, जगेडा कोष र म्याचिङ्ग फण्डबाट १ करोड ८० लाख सहित कुल ५ करोड ५४ लाख ४० हजार आय अनुमान कार्यकारी अधिकृत पल्लीले गरेका छन् ।
कार्यक्रमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, नेपाली कांग्रेसका उप–सभापति भुवनप्रसाद श्रेष्ठ , नेकपा एमालेका सचिव सोमनाथ सापकोटा, एकिकृत नेकपा माओवादीकी उपाध्यक्ष उमा बि.क., लगायतका राजनैतिक दलका नेताहरुको विशेष आतिथ्यता थियो ।
कार्यक्रममा नगर प्रतिनिधीका रुपमा कांग्रेसबाट खिलद्धवज पन्थी, एमालेबाट डिल्लीराज भुषाल, एकिकृत नेकपा माओवादीबाट अशोक थापा लगायतका नगर प्रतिनिधीहरुले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, गैह्र सरकारी महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारी , गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वस प्रसाद पाण्डे लगायतको आतिथ्यता थियो । रेसुङ्गा नगर पालिकाका कार्यकारी अधिकृत वावुराम पल्लीको अध्यक्षतामा आयोजित नगर परिषदको उद्घाटन सत्रमा लेखापाल लक्ष्मणप्रसाद पौड्यालको स्वागत मन्तव्य र वडा संयोजक गोपाल पन्थीको सञ्चालन रहेको थियो ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment