जिल्लाको रुपाकोट गा.बि.स. आज खुल्ला दिशा मुक्त, पूर्ण खोप र पूर्ण साक्षर गा.बि.स. घोषण


महेश बोहरा 
गुल्मी, अषाढ ३१ 
गुल्मी जिल्लाको रुपाकोट गा.बि.स. लाई आज एक भब्य समारोहका बिच खुल्ला दिशा मुक्त,पूर्ण खोप र पूर्ण साक्षर गा.बि.स. आज घोषण गरिएको छ । गा.बि.स सचिव ओम बहादुर खाम्चाको सभापतित्व रहेको कार्यक्रममा तुराङ्गका श्रोत ब्यक्ति घनश्याम गौतमको प्रमुख आथित्यता रहेको थियो । यस्तै स्वास्थयको प्रतिनिधित्व गदै चक्र बहादुर बस्नेतको बिशिष्ट आथित्यता रहेको थियो । बिषेश अथितिहरुमा जिल्ला बिकाश समिति गुल्मकिा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका माधव भण्डारी,पूर्व गा.बि.स. अध्यक्ष थानेश्वर भण्डारी, भु.पु. प्रधान पञ्च सुर्यमणी भण्डारी, चेक बहादुर भण्डारी, हेल्थपोष्ट अहेव अल्टाप हुसेन रहनु भएको थियो । त्यस्तै अथितिहरुमा नेपाली काग्रेस जिल्ला प्रमुख एंवम प्रतिनिधिहरु, नेकपा एमाले जिल्ला प्रमुख एंवम प्रतिनिधिहरु, नेकपा एमाओबादी जिल्ला प्रमुख एंवम प्रतिनिधिहरु, नेकपा माओबादी जिल्ला प्रमुख एंवम प्रतिनिधिहरु, राप्रपा जिल्ला प्रमुख एंवम प्रतिनिधिहरु, इलाका प्रहरी कार्यलय मजुवाका प्रमुख एंवम प्रतिनिधिहरुको सहभागीता रहेको थियो । त्यस्तै गा.बि.स. स्थीत नेपाली काग्रेसका सभापति लक्ष्मी प्रसाद भण्डारी,नेकपा एमालेका अध्यक्ष थानेश्वर भण्डारी, एमाओबादीका अध्यक्ष यज्ञलाल भण्डारी,नेकपा माओबादीका चित्र के.सी. राप्रपाका प्रतिनिधि तेजनारायण न्यौपाने लगायत छिमेकी गा.बि.स. का राजनितिक दलहरु सहभागीता रहेको थियो । कार्यक्रममा बिभिन्न स्थानिय कलाकारहरुद्धारा बिविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । यस्तै कार्यक्रममा केशप अर्याल, रेडियो गुल्मीका दिपेन्द्र खत्री, पत्रकार लगायतको उपस्तिथी रहेको थियो । उल्लासपुर्ण कार्यक्रममा स्थानिय बासीको उल्लेखनिय सहभागीता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन शारदा माध्यमिक बिद्यालयका शिक्षक द्धय कृष्ण प्रसाद भण्डारी र मेघराज न्यौपानेले गर्नुभएको थियो ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment