नेपाल जापान डट कम सम्बाददाता-
गत बिहिबार युक्रेनमा दुर्घटनाग्रस्त भएको मलेसियन वायुसेवाको एम एच १७ विमानमा मृत्यु भएका सबै यात्रुका शवका अवशेषहरु एक रेलमार्फत सुरक्षित साथ युक्रेनको बिद्रोही इलाकाबाट खार्किव शहरमा ल्याइएको छ |
सो विमानका शव स्थानान्तरणमा रूस विद्रोही र समर्थकबीच अन्तर्राष्ट्रिय दबाब परेको थियो | यस अघि विद्रोहीहरूले विमानको ‘ब्यल्याक बक्स’ मलेसियन अधिकारीहरुलाई हस्तान्तरण गरि सकेका छन् |
चालक दलका सदस्य सहित विमान दुर्घटनामा मृत्यु हुने २९८ जना यात्रुमध्ये अधिकांश डच नागरिक थिए | संकलन गरिका शवका अवशेषहरुको पहिचान र फरेन्सिक जांचका लागी पहिचानका लागि खार्किवमा एक सह सचिव स्तरिय समिति गठन गरिएको छ |
यता नेदरल्यान्ड, अष्ट्रेलिया, र बेलायतले भने दुर्घटना भएको क्षेत्रमा राम्रोसंग सिल नगर्दा बहुमूल्य प्रमाणहरु हराउन सक्ने जोखिम रहेको भन्दै चिन्ता ब्यक्त गरेका छन् |

0 comments:
Post a Comment