बुटवल नगरपालिकामा अख्तियारको छापा प्रारम्भिक अनुसान्धान जारी(अख्तियार


विकाश पराजुली
बुटवल, साउन ६ । न्युनतम शर्त तथा कार्य सम्पादन
मुल्याङकन मापनका आधारमा ५८ वटा
नगरपालिकाहरु मध्ये ८८ अंक ल्याएर प्रथम भएको
घोषणा गरेको दुई दिन पछि नै
बुटवल नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान
आयोगले छापा मारेको छ ।
बुटवल नगरपालिकाले आर्थिक बर्ष ०७०÷०७१ नगर
क्षेत्रमा निर्माण गरेको सडक र
नगरपालिका परिसरमा जडान गरिएको सिसिटिभी र
अन्य सञ्चार उपकरण खरिद प्रक्रिया
पारदर्शी नभएको उजुरी परेपछि अख्तियारले छापा
मारेको हो । अख्तियारले बुटवल
नगरपालिकाबाट आर्थिक बर्ष ०७०÷०७१ मा बुटवल नगर
पालिका क्षेत्रभित्र निर्माणभएका
सडकको डकुमेन्ट लगाएतका अन्य कागजातहरु
नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग
अनुसन्धान कार्यालय बुटवलका उप सचिव निराजन
घिमिरेले जानकारी दिए ।
आयोगको सम्पर्क कार्यालय बुटवलको २ जनाको
टोलीले कागजपत्र अनुसन्धानका लागि
नियन्त्रण्ँमा लिएका हुन । नगरक्षेत्रमा असार
मसान्तमा सकिएका सडकको काम तथा निर्माण
सामग्री खरिद, सिसिटीभि तथा अन्य सञ्चार उपकरण खरिद
प्रक्रिया लगाएतका विषयमा
प्रारम्भिर अनुसान्धान थालिएको उप सचिव घिमिरले
जानकारी दिए । उनले प्राविधिकलाई
नै कार्यालयमा बोलाएर तोकिएको गुणस्तर र निमार्
ण सामग्री खरिदको अवस्था
बुझ्ने बताए । ुनगरपालिकाले गरेको काम राम्रो
नभएको सूचना आएपछि छापा
मारिएको होु उपसचिव घिमिरेले भने(ुअहिले नै धेरै
कुरा भन्न सकिन्न सबै कागजपत्र
अध्ययनपछि वास्तविकता खुल्छु ।
यता बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत विष्ण्ँु खनालले
भने बुटवल नगरपालिकामा
अख्तियारले छापा नमारेको बताए । उनले नियमित
अनुगनका क्रममा केही निर्माण
कार्यको कागजातहरु अख्तियारले लगेको बताए । उनले
आर्थिक अनियमितता भन्दा पनि
नियमित अनुगमनका क्रममा केही कागजातहरु लगेको
बताए ।
बुटवल नगरपालिका गत वर्È पनि न्युनतम शर्त तथा कायर्
 सम्पादन मुल्याङकन मापनका
आधारमा ९१ अंक सहित प्रथम नै भएको थियो ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment