पोखरीमा अपरिचीत महिलाको शव फेला

 
प्रेम सुनार
गुल्मी, साउन–७ । छिमेकी जिल्ला अर्खाखाचीको भगवती गासिमा रहेको पोखरीमा एक महिलाको शव फेला परेको छ । भगवती–४ को तारुभतेरा भन्ने स्थानको माचपोखरीमा डुवेको अवस्थामा महिलाको शव फेला पारिएको त्यहाँबाट सहकर्मी दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ति महिलाको रातो पछ्यौरी र एउटा निलो चप्पल पोखरीको डिलमा रहेको छ भने घाँटीमा मंगल सत्रु र हातमा चुराहरु लगाएकी छन् । उनि अन्दाजी ३० नाघेको देखिन्छीन् । घटना स्थलमा आएका अर्घातोष प्रहरी चौकीका हवल्दार चेतबहादुर दहराईका अनुसार शवको प्रकृति हेर्दा गए राती सम्म ति महिला जिवित हुनु पर्ने देखिन्छ ।
उनि को हुन र के कसरी मृत फेला परिन ? भन्ने विषयमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । घटना स्थलमा शव पहिचानका लागि सयौं स्थानियवासी जम्मा भई रहेको सहकर्मी श्रेष्ठले बताए ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment