प्रेम सुनार
गुल्मी साउन ६ । पानी चुहेर ढल्नै लागेको जिल्ला खेलकुद विकास समिति गुल्मीको जिर्ण कार्यालय भवन र प्रशिक्षण दिने कभर्ड हल स्थापनको २७ वर्ष पछि वल्ल यसपाली वेहुली सिङ्गारिए झै सिंङ्गारिएको छ ।
युवा तथा खेलकुद विकास मन्त्रालय , राष्ट्रिय खेलकुद विकास परिषदबाट गत वर्ष परेको ४ लाख रुपैयाँबाट यसरी उक्त कार्यालय भवन सिङ्गारिएको हो । २०४३ सालमा सरकारी रकमले नपुगेर यहाँका खेलाडीहरुले चन्दा उठाएर बनाएको भवन हो’– जिल्ला खेलकुद विकास कार्यालयका पुर्व अध्यक्ष एवं जिल्लाका वरिष्ठ खेलाडी वालसिंह काउछाले भने–‘वल्ल यसपाली मर्मत हुँदा खुशी लागेको छ । ’
‘उक्त भवन त मर्मत भयो तर कभर्ड हल बनाउनका लागि सम्वन्धित निकायलाई पटक पटक घच्घचाउँदा पनि सुनुवाई भएको छैन् , यसमा हामी दुखी छौं’– काउछाले भने । जिल्लामा व्याडमिण्टन खेलाडी बढेका छन् , अन्य विभिन्न विद्याका खेलाडीहरु पनि बढेका छन् तर हल साँघुरो हुँदा निकै समस्या भएको छ’– कार्यालय प्रमुख दिपक केसी भने ।
‘ जिर्ण भवनमा पानी चुहेर काठहरु सवै कुहिएर भत्कीनै लागेको थियो । पानीको अभावमा शौचालय प्रयोग विहिन अवस्थामा थियो’–खेलकुद विकास समितिका उपाध्यक्ष कृष्ण भण्डारी भने’ –‘थोरै भए पनि राज्यले दिएको उक्त रकमले केहि वर्ष टिकाउने गरी मर्मत गरिएको छ ।’ उनले कभर्ड हल र कार्यालय भवनमा कुहेका सवै काठहरु फेरिएको, भत्केको गारो र पर्खाल मर्मत गरिएको बताए ।
विगतका वर्षहरुमा कार्यालय भित्रै भल पसेर विग्रेका कम्युटर फर्निचर लगायतका कार्यालय समाग्री पनि सो रकमबाट मर्मत गरिएको सो कार्यालय प्रमुख केसीले बताए । कार्यालय भवन संगै विश्राम कक्ष, भुई –भित्ता पलास्ट र रङ्गरोवन गर्दा वटुवाहरु पनि एक पटक अडिएर हेर्ने भएको छ जिल्ला खेलकुद विकास कार्यालय यति वेला ।
यसलाई थप आवस्यक कोठा र ठुलो कभर्ड हल निर्माण हुन सके यहाँका खेलाडीहरुलाई उत्साह थपिने थियो भन्छन् जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बि.क.। यस प्रति सम्वन्धित निकायको ध्यान जानु पर्ने सरोकारवालाको माग रहेको छ । तस्वीरः स्थापनाको २७ वर्ष पछि वहुली झैं सिङ्गारिएको खेलकुद विकास कार्यालय गुल्मीको भवन


0 comments:
Post a Comment