कतारमा मृत्यु भएका २० नेपाली कामदारका हकवाला आफन्तले ९ करोड ६५ लाख ८३ हजार रुपैयाँ (३७ लाख १४ हजार रियाल) क्षतिपूर्ति पाउने भएका छन् । यहाँस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत पीडित परिवारले पाउने गरी क्षतिपूर्ति पठाइसकेको छ ।
मृतकका परिवारको तर्फबाट दूतावासले वकिल राखेर मुद्दा लडेपछि यो क्षतिपूर्ति पाएको हो । कुल क्षतिपूर्तिमध्ये कानुनी खर्च कटाएर दूतावासले ७ करोड ६४ लाख ५४ हजार रुपैयाँ (२९ लाख ४० हजार रियाल) परराष्ट्र मन्त्रालय पठाएको छ । मुद्दा लड्नका लागि दुई करोड एक लाख रुपैयाँ (७ लाख ७४ हजार रियाल) खर्च भएको थियो । 'नेपाल सरकार आफैंले वकिल राखेको छैन,' कार्यवाहक राजदूत गणेश ढकालले भने, 'दूतावासले स्थानीय तहमा वकिल खोजेर मुद्दा लड्दै आएको छ ।' दूतावासका अनुसार कम्पनी आफैं आएर दूतावासमा उपलब्ध गराएको क्षतिपूर्तिमा चाहिँ त्यस्तो खर्च काटिँदैन । 'जसको मुद्दा अदालतमा लड्नुपर्छ । त्यस्ताका लागि मात्रै वकिल खर्च लाग्छ,' उनले भने ।
खाडीमा सबैभन्दा बढी क्षतिपूर्ति रकम कतारबाटै जाने गरेको दूतावासले जनाएको छ । 'सडक दुर्घटना र कार्यस्थलमा मृत्यु भएकाको परिवारलाई बढी क्षतिपूर्ति दिइन्छ,' उनले भने । सहचारी केशव पन्थीका अनुसार क्षतिपूर्ति रकम जुलाई ८ मै नेपाल गइसकेको छ । त्यसरी गएको रकम स्थानीय प्रशासनले प्रक्रिया पुर्याएर वितरण गर्नेछ । दूतावासका अनुसार यस पटक धनुषाका सीताराम ठाकुर, गोर्खाका मुन्द्रे कुमाल, रौतहटका मिठ्ठु राय यादव, स्याङ्जाका दलबहादुर विके, झापाका सन्तकुमार राई, रौतहटका शेख ओसी महोम्मद, कास्की राजेन्द्रप्रसाद आचार्य, उदयपुरका भूपेन्द्र राई र सिन्धुपाल्चोकका इटाबहादुर कटुवालका परिवारले क्षतिपूर्ति पाउँदै छन् । सिरहाका धर्मेन्द्रकुमार खर्गा, काठमाडौंका रामकृष्ण डंगोल, स्याङ्जाका यज्ञबहादुर घर्ती छेत्री, महोत्तरीका अक्बर मन्सुर, स्याङ्जाका तुलबहादुर थापा, सुनसरी कविराज राई, झापाका एकबहादुर कार्की, सिरहाका झिगारु चमार, भोजपुरका दिनेश तामाङ र दाङका पुष्करराज डाँगीका परिवारले पनि पाउँदै छन् । घाइते भएका तेह्रथुमका विष्णुप्रसाद आचार्यले समेत दुई लाख रियाल क्षतिपूर्ति पाएका छन् ।
कार्यस्थलमै मृत्यु
सिरहा, प्रायपुर-७ का ३१ वर्षीय न्युरिआलाम शेख काम गर्ने क्रममा माथिबाट झर्दा जुलाई ४ मा ज्यान गएको छ । राइट क्लिन सर्भिस कम्पनीमा उनको टाउकोमा गम्भीर चोट लगेर ज्यान गएको हो ।

0 comments:
Post a Comment