राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखालाई अमेरिकाबाट आर्थिक


अनिल खत्री गुल्मी साउन ७÷
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखालाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । नेपाली पुरानो कला संस्कृतिलाई जगेर्ना गर्न, कला संस्कृतिलाई जोगाईराख्न,राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखालाई बृहतर बिकास गर्नको निम्ती भन्दै गुल्मीको तम्घास निवासी हाल अमेरिकामा रहनु भएका ज्ञानेश्वर श्रेष्ठबाट रु ७२ हजार २ सय सहयोग प्राप्त भएको हो । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले बुधवार तम्घासमा पत्रकार सम्मेलन गरि उक्त रकम सार्वजनिक गरेको छ । प्रतिष्ठान गरेको पत्रकार सम्मेलनमा हाल अमेरिकाम रहेका ज्ञानेश्वर श्रेष्ठका बुवा तम्घास निवासी समाजसेवी मान बहादुर श्रेष्ठले कार्यक्रममा प्रतिष्ठान गुल्मीका अध्यक्ष खुम बहादुर खत्रीलाई उक्त रकम हस्तातरण गर्नुको थियो । हस्तातरण कार्यक्रममा बोल्दै समाजसेवी श्रेष्ठले प्रतिष्ठानको भवन निर्माण कार्य सुरु गरे आफुले सहयोग गर्ने बताउनु भयो । श्रेष्ठले गुल्मी जिल्लाका बिभिन्न समयमा बिभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै आउन भएको छ । प्राप्त रकम कला संस्कृतिलाई जगेर्ना गर्न र कलाकारको लागी अक्षयकोष स्थापना गर्न खर्च गरिने सचिव जनक पन्तले बताउनु भयो ।
गुल्मी जिल्लमा लोक बिधाम गित गाउनेहरुका लागी अडिसन संञ्चालन गर्ने भएको छ । प्रतिष्ठान गुल्मी शाखाले सदरमुकाम तम्घासमा शुक्रवार प्रकार सम्मेलन गरि लोक बिद्यामा गित गाउन जान्नेहरुका लागी गुल्मी लोक तारा २०७१ संञ्चालन भएको सचिव पन्तले बताए । गुल्मी जिल्लाका भिन्नि ग्रामिण क्षेत्रमा लुकेर रहेका प्रतिभा जस्ले गित गाउने कुनै अबसर नपाएर आफनो प्रतिभा देखाउने ठाउ नपाएकालाई अबसर दिने अभिप्रयाले गत जेष्ठ महिना देखि संञ्चालन भएको कार्यक्रम गुल्मी लोक तारा २०७१ को पहिलो चरणमा संञ्चालन भएको कार्यक्रममा ३ सय ५० जना सहभागी बाट ५० जना छनोट भएको र अडिसनले उत्कृष्ट २ जना छनोट गरिे आफनै लगानिमा लोक गित म्युजिक भिडियो निमार्ण गरिदिएको पन्तले बताए । दोस्रो चरणको कार्यक्रम यहि भाद्र महिनाबाट संञ्चालन गर्ने बताइएको छ ।
आफु संग प्रतिभा भएर पनि कुनै अबसर नपाएर आफनो प्रतिभा देखाउन अभिप्रायले हामीले गर्न लागेको कार्यक्रमले लोक संस्कृतीको जगेर्ना र संरक्षण विषेश सहयोग पुग्ने,गाउ घरमा लुकेका प्रतिभा प्रस्फुटन गर्न मद्यत पुग्ने,पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत,लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग ,बजारमा भैरहेको गितको पाईरेसीलाई निर्मूल पार्न सहयोग,सबै संस्कृति र लोक गितको बजार ब्यावस्थापनमा सहयोग पुग्ने लोक दोहोरी प्रतिष्ठान गुल्मी अध्यक्ष खुम बहादुर खत्रीले पत्रकार सम्मेलनमा बताए ।
(रकम हस्तातरण गर्दै समाज सेबी मान बहादुर श्रेष्ठ रकम लिदै प्रतिष्ठान गुल्मीको अध्यक्ष खुम बहादुर खत्री साथै आज समाज सेवी मान बहादुर श्रेष्ठको शुभ जन्म दिन परेकोले प्रतिष्ठान गुल्मी द्धारा सम्मान तस्विर खनिल खत्री )


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment