प्रधानमन्त्री सुशील कोइरालाले उर्जा मन्त्री राधा ज्ञवालीलाई हपारे

काठमाडौं, ८ साउन  ।
नेपाल र भारतको बीचमा हुन लागेको उर्जा सम्झौता विषयलाई लिएर प्रधानमन्त्री सुशील कोइरालाले उर्जा मन्त्री राधा ज्ञवालीलाई हपारेका छन् । एक महिना लामो स्वास्थ्य उपचार गराएर स्वदेश फर्किदा नेपाल र भारतको बीचमा हुन लागेको उर्जा सम्झौता विवादित भएपछि प्रधानमन्त्री कोइरालाले ज्ञवालीलाई मेरो अनुस्थितिमा जे पायो त्यही गर्ने भनेर हपारेका हुन् । वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कोइराला गृहमन्त्री वामदेव गौतम र उर्जा मन्त्री ज्ञवालीसँग आक्रोशित भएका छन् ।
कार्यवहाक प्रधानमन्त्री भएपछि यस्तो विषयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई पनि एक बचन नसोध्नु निकै ठूलो षडयन्त्र भएको भन्दै कोइरालाले गौतमको कार्यशैलीप्रति शंका व्यक्त गरेका छन् ।
स्रोतका अनुसार उर्जा मन्त्री ज्ञवालीलाई प्रधानमन्त्री कोइरालाले टेलिफोन गरेर तपाई उर्जा मन्त्री हो कि प्रधानमन्त्री ? भन्ने प्रश्न गदै राष्ट्रियताको विषयमा कसैसँग पनि छलफल नगरी एलटौली रुपमा अगाडि बढ्ने अधिकार तपाईलाई कसले दियो यसको जवाफ मलाई चाहिन्छ । जवाफमा मन्त्री ज्ञवालीले छलफल गरेर मात्र यस विषयको टुङगो लगाइने जवाफ फर्काएकी थिइन् ।
विवादित सम्झौताको विषयमा बाहिर आएपछि मलाई कुरेको भन्ने हल्ला बाहिर फिजाइएको प्रति आक्रोशित हुँदै कोइरालाले ज्ञवालीलाई भने,‘तीन महिनासम्म कुनै छलफल गर्नु नपर्ने, जब विवाद भयो तब मलाई कुरेको भनेर पन्छिन खोज्ने यस्तो विषयमा मलाई जानकारी गराउनु पदैन ?’ तीन महिना अघि नै भारतले नेपाललाई पठाएको सम्झौताको ड्राफ्ट सार्वजनिक नगरिकन मन्त्रालयले गोप्य राखेको थियो । सम्झौताको मस्यौदा लिएर उर्जा मन्त्रालयका सचिव भारत जाने क्रममा मात्र सम्झौता हुन लागेको सार्वजनिक भएपछि सम्झौताको प्रक्रिया हाललाई रोकिएको छ । भारतसँगको उर्जा सम्झौताको विषयलाई लिएर सत्तासाझेदार कांग्रेस–एमालेमा चिसोपन आएको छ ।
कांग्रेसको आक्रोश 
नेपाली कांग्रेसले उर्जा मन्त्री ज्ञवालीले देश आफ्नो मात्र पेवा सम्झिएर मनोमानी रुपमा छलफल नै नगरी अगाडि बढेकोप्रति कडा आलोचना गरेको छ । नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले मन्त्री ज्ञवालीले सरकारको नेतृत्व गरिरहेको कांग्रेससँग छलफल नै नगरी सम्झौता गर्न लागेकोप्रति असन्तुष्टि जनाए । उनले भने,‘हामी दुई देशबीच सन्धि र सम्झौता हुनुपर्छ भन्ने पक्षमा छौ, सम्झौता गर्दा व्यापक रुपमा छलफल र बहस गर्नुपर्छ, एमालेलाई मात्र जे मन लाग्यो त्यो गर्ने अधिकार छैन ।’ प्रधानमन्त्री बाहिर भएको बेला कार्यवहाक प्रधानमन्त्री गौतमको निर्देशनमा उर्जा मन्त्री ज्ञवालीले चालेको यस कदमलाई कांग्रेसले धोकाधडी र छलछापको राजनीति गर्न खोजेको आरोप लगाएको छ ।

एमालेमा हंगमा 
भारतसँगको उर्जा सम्झौताको विषयमा पार्टीलाई समेत जानकारी नदिइ गुपचुप राखेको भन्दै एमालेभित्र नै हंगमा मच्चिएको छ । आगामी केन्द्रीय समिति बैठकमा उर्जा मन्त्री ज्ञवालीलाई सरकारबाट फिर्ता बोलाउनेसम्मको निर्णय लिन सक्ने सम्भावना रहेको एक केन्द्रीय सदस्यले बताए । उनले भने,‘पार्टीलाई मात्र होइन राष्ट्रियतालाई नै बन्दकी राख्ने योजनामा ज्ञवालीको भुमिका देखियो, यस्ता क्रियाकलापले पार्टीलाई जनताको नजरमा बदनाम गराउँछ ।’ उपाध्यक्ष वामदेव गौतमको कोटाबाट उर्जा मन्त्री बन्न सफल भएकी ज्ञवालीको पार्टीभित्रबाटै चर्को विरोध सुरु भएको छ । महाकाली सन्धिको चर्को विरोध गरेका उपाध्यक्ष गौतमले नेपाल भारत उर्जा सम्झौता गर्नको लागि ज्ञवालीलाई निर्देशन दिएको समेत पार्टीमा चर्चाको बिषय बनेको छ । पार्टीमा न्यूनत छलफल समेत भएन शीर्ष नेतालाई कुनै जानकारी गराइएन, ती नेताले भने,‘राधा ज्ञवालीलाई भारतले उर्जा मन्त्री बनाएको हो कि नेकपा एमालले बनाएको     हो ?’

उर्जा मन्त्रीको ढिपी
उर्जा सम्झौताको विषयलाई चौतर्फी रुपमा विरोध भइरहेको बेला उर्जा मन्त्री राधा ज्ञवालीले सम्झौता गरेर छाडने ढिपी दोहो-याएकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा उक्त सम्झौता हुने भन्दै उनी सार्वजनिक कार्यक्रममा बोल्दै हिड्न थालेपछि थप विवादमा परेकी छिन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, प्रतिपक्ष दल एकीकृत नेकपा माओवादी, आफ्नै दल नेकपा एमालेसमेतको चर्को विरोधका बीच पनि मन्त्री ज्ञवालीको अभिव्यक्तिले सम्झौतालाई थप रहस्यमय बनाएको चर्चा हुन थालेको छ ।स्रोत nepaliheadlines



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment