बलिउड फिल्म खेल्ने कुकुरहरुले लाखौं लाख कमाई गर्दै गरेको सुन्नुभएको होला तर सिरहामा एक कुकुरले लाखै रुपैयाँ कमाइ गरी मालिकलाई लखपति बनाएको सुन्दा आश्चर्य लाग्न सक्छ तर कुरा सत्य हो ।

भेडा चराउन गोठालो चाहिन्छ तर सिरहाको दक्षिणवर्ती गाविस बेतौना बस्ने बलदेव पालका कुकुरले नै दुई सय २५ भेडाको गोठालाको काम गरिदिएपछि उत्पादन भएका भेडाको बिक्रीबाट लखपति बनेका छन् ।
गोठबाट भेडा निकालेपछि ‘कालु’ नाम गरेको कुकुर अघि लाग्छ । बाटो तलमाथि भेडा जान थालेपछि फर्काउँदै चरन स्थानसम्म पुर्याउँछ । साँझमा विस्तारै भेडा बथानलाई घपाएर गाउँको बाटो हिँडाउँछ । भेडा रखवारी गर्न पुरै कालुको भर नै रहेको ५५ वर्षका पालले बताए ।
पालले भने-’कालुले भेंडीलाई असाध्यै माया गर्ने गरेको छ । अन्य कुकुरको तुलनामा कालुको छुट्टै व्यवहार देखेर बेतौना गाउँका बासिन्दा दङ्ग छन् । यति ठूलो बथानलाई चराउन ४/५ जना मान्छेलाई मुस्किल पर्छ तर कालुले भेडीलाई फर्काउने र स्याल लखेट्ने पनि गर्छ ।’
पाँच वर्षअघिसम्म अरुका भेडा चराउने गरेका पालले कालुलाई सिरहाकै महनौर बजारमा भेटाएर ल्याएका थिए ।

१४ साउन, सिरहा ।
- गोरखापत्र
0 comments:
Post a Comment