प्रेम सुनार
गुल्मी, साउन–९ । गत आर्थिक वर्षमा गुल्मी जिल्ला प्रहरी अवैध हतियार जफत गर्न र वर्षऔं देखि फरार भएका कैदी पक्राउ गर्न सफल देखिएको छ । प्रहरीले आर्थिक वर्ष २०७०÷ ७१ मा गरेका केहि मुख्य कार्यहरुको विवरण हेर्दा विशेषतः ति कुराहरुमा बढि सफल देखिएको हो ।
गत संविधान सभा निर्बाचन पुर्व जिल्ला प्रशासन कार्यालयको आदेशमा प्रहरीले जिल्ल गाउँ गाउँमा पुुगेर केहि वैध सहित २ सय २६ थान हतियार जफत गरी जिल्ल्ला प्रशासन मार्फत मजकुर कार्यालयमा बुझाएको छ । त्यस्तै मशान्त सम्म प्रहरीले ठुलो संख्यामा २० औं वर्ष देखि फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।
उसले अषाढ मशान्त सम्म ७७ जना फरार कैदी पक्राउ गरी अदालतमा बुझाएका मध्ये ९ जना कारागार चलान भएका छन भने ६८ जना जरीवान बुझाई रिहा भएका छन् । प्रहरीले गत आर्थिक वर्षमा घरेलु मदिरा नष्ट गर्ने कार्यमा पनि निकै अग्रसरता देखाएको थियो । उसले गाउँ गाउँमा अभियानै चलाएर १७ हजार १ सय ४० लिटर घरेलु मदिरा बरामद गरी पत्रकार नष्ट गरेको थियो् ।
गत वर्ष गुल्मी जिल्ला प्रशासन र प्रहरीले वजार अनुगमनलाई पनि तिब्र पारेका थिए । उनिहरुले गत वर्ष १ लाख ४७ हजार रुपैयाँ बरावरको अखाद्य पदार्थ वरामद गरी नष्ट गरेका थिए । गत वर्ष गुल्मीमा जघन्य अपराध र जवरजस्ती करणीका अभियोगीहरुलाई पनि प्रहरीले तत्काल पक्राउ गरी कार्बाह गराउन सफल भएको छ ।
त्यस्तै अन्य संगिन २२ वटा अपराधका अभियोगीहरुलाई पनि पक्राउ गरी कार्बाही पक्रिया अगाडी बढाएको जिल्ला प्रहरी प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले बताए । उनका अनुसार गत वर्ष प्रहरीले जिल्लामा बढ्दो लैङ्गिक हिंसा र आत्मा हत्या न्युनिकरणका लागि तिन वटै क्षेत्रमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा प्रहरीमा गत वर्ष २५ वटा मुद्धा बढि दायर भएको लम्सालले बताए । उनका अनुसार गत वर्ष १ सय ७६ वटा मुद्धा दाएर भएका थिए । ति मध्ये बढि महिला हिंसा देखिएका छन् । आर्थिक वर्षको अन्तिम तिर प्रहरीले अवैध पेस्तोल र १२ राउण्ड गोली लुकाएर राखेको अवस्थामा वरामद गरेर अभियोगी दुई जनालाई पुर्पक्षका लागि कारागार चलान समेत गरेको छ ।


0 comments:
Post a Comment