हिसाब नआएपछि बाणिज्य बैंक बन्द




विशाल भट्टराई
गुल्मी, साउन १
कोष तथा लेखा निन्त्रकको कार्यालयले हिसाब नपठाएको बताउँदै बाणिज्य बैंकको तम्घास शाखा बन्द भएको छ । बैंक बन्द भएसँगै सर्बसाधारण मर्कामा परेका छन् । बाणिज्य बैंक तम्घास शाखाका प्रमुख दशरथ कुमार मल्ले आन्तरीक हिसाबकिताब नमिलेकोले बैंक बन्द भएको बताए । ‘कोलेनिकाले हिसाब नपठाएपछि, आन्तरीक हिसाब किताब मिल्दैन त्यसैले बैंक बन्द भएको हो’ उनले भने । बिहिबार बन्द भएको बैंक कोलेनिका कार्यालयले हिसाब किताब नपठाए शुक्रबार पनि खुल्ने छैन् ।
बैंक बन्द हुने भएपछि सूचना समेत नटाँस्दा सर्बसाधारणहरु मर्कामा परेको सुशासन अभियानका अध्यक्ष श्याम कुमार पाण्डेले बताए । ‘सरकारी कार्यालय अकास्मात बन्द हुनु परेमा सबैले देख्ने गरि सूचना टाँस्नुपर्ने हो तर सूचना नटाँस्दा समस्या भयो’ उनले भने ‘कमसेकम गेटमै सूचना टाँसेको भए सबैलाई बैंक बन्द छ भन्ने कुरा थाहा हुन्थ्यो ।’ बैंकका प्रमुख मल्लले हल्लै हल्लामा सबैलाई थाहा भएकोले आफूहरुले सूचना नटाँसेको जानकारी दिए ।
बैंकका एक जना कर्मचारीका अनुसार कोलेनिकाले प्राबिधिक समस्या देखिएपछि बाणिज्य बैंकको हिसाब किताब पठाएको छैन् । कोलेनिकाले हिसाब किताब नपठाउँदा बैंक बन्द भएको हो । उनले कोलेनिकाले हिसाब किताब पठाएको करिब २ घण्टामै बैंक खुल्ने जानकारी दिए । कोलेनिकाको प्राबिधिक सुधार नभएमा बैंक खुल्ने सम्भावना छैन् ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment