गुल्मीको रेसुङ्गामा आज भव्य साउने मेला चल्दै

प्रेम सुनार । साउन–१०, गुल्मी । गुल्मी जिल्ला सहित पश्चिम नेपालका थुप्रै जिल्लावासीहरुले ठुलो महत्वका साथ लिने पवित्र धार्मिक क्षेत्र रेसुङ्गामा आज भव्य रुपमा साउन मेला लाग्दै छ । मेलाको तयारी पुरा भईसकेको र त्यसका लागि आज विहानै देखि नै नेपाली सेना गुरुगोरख गुल्मका गुल्मपति सेनानी भिमशंकर वनको नेतृत्वमा पुगेका सैनिहरुले महादेव पोखरी सफा गर्ने एवं अन्य व्यवस्थापन कार्यमा जुटेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।

हरेक वर्ष साउने औंसीका दिन लाग्ने मेला भर्न गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग, स्याङ्गजा, पाल्पा , रुपन्देही देखि भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । साउने औंसीका दिन रेसुङ्गको महादेव पोखरीमा स्नान गरे उनिहरुका पितृहरुले शिद्धि प्राप्त गर्ने जन विस्वास रहेको छ । त्यस्तै महिलाहरुले त्यहाँ रहेको शिव लिङ्गमा जल चढाउँदा पुण्य प्राप्त हुने विश्वास अनुसार साउने औसीको उक्त मेलामा महिलाहरुको अपार भिड लाग्ने गर्दछ । अघिल्लो दिन रातभर भजन किर्तनका लागि गुल्मीको पिपलधारा, जैसीथोक र धुर्कोट देखि भजन मण्डलीहरु रेसुङ्गा आई पुगेको अध्यक्ष भुसालले बताए ।

भव्य तयारी भएको र त्यसका लागि रेसुङ्गा संरक्षण समितिका पुर्व अध्यक्ष रुद्रबहादुर भुजेल, पुजा व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ पन्थी, पिठादिश विष्णु खनाल, संरक्षण समितिका सदस्यहरु युवाराज भण्डारी, वेदप्रसाद भण्डारी लगायत आई पुग्नु भएको अध्यक्ष भुसालले बताए ।

जिल्ला बाहिरका भक्तजनहरु सुक्रबार साँझै वास बस्न रेसुङ्ग पुग्ने र विहान सवेरै महादेव पोखरीमा स्नान गर्ने गर्दछन् । साउने औसीको विहान महादेव पोखरीमा अपार भिड लाग्न हुँदा जति सक्दो छिटो पुग्ने भक्तजनहरुमा प्रतिष्पर्धा हुने गर्दछ । उक्त मेलामा २५ हजार भन्दा बढि भक्तजनहरु सहभागि हुने अनुमान गरिएको अध्यक्ष भुसालले बताए ।

आज दिनै भरी रेसुङ्गामा भजन कितर्न र तिज गित गाएर भव्य रमाईलो गरिन्छ । पानी परे पनि रुझेर नाच गान गर्न युवा युवतीहरु औधी रमाउने गर्दछन् ।

रेसुङ्गाको ऐतिहाँसिक महत्व
हरेक साउने औंसी र कार्तिक ठुला एकादशीमा भव्य मेला लाग्ने गुल्मीको ऐतिहाँसिक तपोभुमी रेसुङ्गा महत्वबारे सञ्चार माध्यमा जति चर्चा हुनु पर्दथ्यो त्यति हुन सकि रहेको छैन् । सनातन धर्मको उदय संगै अयोध्या र रेसुङ्गा विचका साईनो र परिचर्चा वेदपुराणहरुमा भए पनि सञ्चार माध्यम र विध्वानहरुले अयोध्याको नाम बढि लिए रेसुङ्गाको कम गरे भन्छन् रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द भुसाल ।

‘जहाँ जहाँका विध्वानहरु थिए उनिहरुले आ–आफ्नै स्थानको मात्रै वखान गरे’– उनले भने–‘रेसुङ्गालाई ओझेलमा पारियो । ’ उनका अनुसार द्धवापार युगमा राजा दशरथका सन्तान नभए पछि उनलाई सन्त ऋषिले रेसुङ्गाका ऋषि श्रृंङ्गेश्वरलाई यज्ञ गर्न लगाएर वर मागे तपाईलाई सन्तान हुन्छन् भन्ने सुझाव दिए ।

त्यस पछि उनै ऋषि श्रृंङ्गेश्वरलाई भेटन दशरथ रेसुङ्गा आएको र उनै श्रृंङ्गेश्वरको तपस्याबा छोरा राम, लक्ष्मण भरत जन्मीएको वेदपुराणहरुमा समेत उल्लेख छ ’ भुसाललेभने–‘ यस्तो ऐतिहाँसिक महत्व वोकेको रेसुङ्गाले जति चर्चा पाउनु पर्दथ्यो त्याति पाउन नसकेर पनि यहाँका विकासले गति पाउन सकेन् ।’

तिनै राजा दशरथको सन्तान उत्पत्तीका लागि लगाईएको यज्ञ स्थललाई महायज्ञ भनिन्छ । त्यति बेला देखि सुरु भएको त्यस महायज्ञ स्थलमा अहिले सम्म कहिल्लै ध्वानी निभेको छैन् । चैविसै घण्टा ध्वनी प्रजलित हुने त्यस स्थानमा पौराणीक वस्तहरु नियाल्न सकिन्छ । जहाँ केहिवेर ध्यान गरेर वस्दा हरेक मान्छेले स्वर्गिय आनन्द प्राप्त गर्दछ ।

रेसुङ्गाको चर्चा राजा दशरथको शताव्दी पुर्व नै भएको कुरा उनका ऋषि मुनीले ऋषि श्रृङ्गेश्वरबाट महयज्ञ गराए तपाईलाई सन्तान हुन्छन् भन्ने कुराले पनि स्पष्ट हुने अध्यक्ष भुसालको भनाई छ । रेसुङ्गाको महिमा तत्कालिन ३ महाराज र उनका भाई भारदारमा पनि थियो भन्ने कुरा त्यहाँ चढाईएका घण्टाहरु र अन्य पुजा सामाग्रीबाट बुझ्न सकिन्छ ।

मानव विकासको सुरुवाततिर एक जना गोठालाले एउटा एवोध वालकलाई रेसुङ्गाको घनघोर जंगलमा देखे । गोठाला अचम्वीत भए । त्यस्तो घनघोर जंगलमा बसेका ति वालक प्रति ठिठाएर सोधखोज गर्दा ति वालकले भने–‘ हे मनश्य तिमी म प्रति ठिठाउन पर्दैन म म वालक शिद्ध भगवान हुँ ।’ उनले थपे –‘ यदि मेरो समाखान राख्न चाहन्छौ भने मलाई तिमी र यस रेसुङ्गाको शिरवरी परी रहेका मनुश्यहरुलाई दुध चढाउन लगाउनु । ’ वेद पुराणहरुमा यस्तो उल्लेख रहेको बताउँदै अध्यक्ष भुसालले वर्तमानमा सञ्चार माध्यमले यो ऐतिहाँसिक महत्वलाई व्यापक प्रचार प्रशार गरी दिन आग्राह गरे ।

देश कै चर्चित विध्वान गुल्मी अर्खलेका स्वर्गिय टिकाराम पन्थीले रेसुङ्गाको वारेमा निकै तथ्य जनक कुराहरु लेखेको र त्यस पछि खासै नलेखिएको उनको गुनासो छ । रेसुङ्गाको बारेमा प्राध्यापकद्धयः शशी पन्थी र दिन पन्थीले हाम्रो पुषार्थ पत्रिकामा थुपै कुराहरु लेखेका छन् । त्यस मार्फत देशभरका विध्वानहरु संग पुगे पनि सर्वसाधरण सम्म पुग्न सकेको छैन् । प्राध्यापकद्धयले लेखे अनुसार जति बेला रेसुङ्गाको शिर देखि केहि तल एउटा जामुनको रुख मुनी ताल देखि तव देखि खोज अनुसन्धान सुरु भएको हो । उक्त ताल महादेवको कुण्डा भएको पत्ता लागे पछि त्यसमा स्नान गर्न र पुजा आराधाना गर्न सुरु गरियो । तल स्नान गर्ने स्थान र माथी महादेव स्थान रहेको पत्ता लगाए पछि त्यहाँ तम्घासका पन्थीथरका व्राम्हणहरुले पुजा पाठ सुरु गरेका थिए ।

त्यहाँ पुजा चालाउने पन्थीहरु मध्ये कान्छा पण्डितका नामले चिनिने उपल्लो तम्घासका फर्शुराम पन्थी अझै जिवित छन् । उनी स्वामी यदुकानन्दका जिवित साँझी हुन् । उनका अनुसार त्यहाँका तपश्वीको शिरमा दुई वटा सिंङ्ग रहेकोले मानिहरुले ऋषिश्रृङ्गेश्वर भन्ने गरेका हुन् । यदुकानन्दले तपश्या गर्ने बेलामा पण्डित फर्शुराम सानै थिए । पछि उनि राणाहरुले बेलाएर काण्माडौं गए पछि उनै स्वर्गरोहण भएको थियो ।

यदुकानन्द पनि सन्ता नासले विरक्त भएर काठमाणडौको टेकुबाट तपश्या गर्न आएका थिए । उनि पुर्व स्वामी शशीधर, लक्ष्मीनारायणले रेसुङ्गामा तपश्या गरेको धर्मग्रन्थहरुमा पाईन्छ । यसरी नेपालमा सनातन धर्मको विकास संगै चर्चामा रहेको रेसुङ्गमा साउने औसी र कार्तिकको एकादशीमा भव्य मेला लाग्ने गर्दछ भने पिठादिशहरुले दैनिक पुजा आराधना र ध्वनी लगाउने गर्दछन् । रेसुङ्गा धार्मिक दृष्टीले मात्र नभई पर्यटकिय दृष्टीले पनि मनमोहक छ ।

जिल्लाको तिन अग्ला लेकहरु मध्ये एक मानिने रेसुङ्गाबाट चार्रै चौरास देख्न सकिन्छ । विशेषत उत्तर, पुर्वका हिम श्रृखलाहरु र सुन्दर गाउँ वस्तीहरुले प्राकृतिक उपाशकहरु त्यतै कतै हराउ छन् । झन केहि वर्ष पुर्व भ्युटावार बने पछि ति विभिन्न जिल्लाका युवा युवतीहरुको सवै भन्दा मन पर्ने डेटिङ्ग स्थल समेत बन्दै आएको छ । गुल्मी केन्द्रका शिर्ष नेता, प्रधानमन्त्री र मन्त्री लगायतका विशिष्ट व्याक्तीहरु आउदा रेसुङ्गा नपुगी फर्किदैनन् ।

जसले गर्दा त्यहाँ केहि विकास हुन थालेको छ । सरकारी रकमबाट रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समितिले भव्य महादेव मन्दिर र आवाश गृह निर्माण गर्दै छ । त्यस्तै अव छिट्टै अतिथी आवास गृह निर्माण गर्नका लागि पनि पहल भई रहेको जिल्लाका सवै सभाषदहरु बताउँ छन् । रेसुङ्गा सम्म मोटरबाटो पुगे पनि पक्की बन्न सकेको छैन् । तल महादेव पोखरी देखि माथी मन्दिर सम्म जाने बाटो धेरै उकालो छ ।

जसले गर्दा बृद्ध बृद्धाहरु हिड्न नसक्ने अवस्था छ । त्यहाँ सिडी निर्माण र एक साईठमा फलामे वार निर्माण सम्म हुन सके राम्रो हुने बताउँ छन् गुल्मीका सिडियो कमलराज ढकाल । रेसुङ्गाको शिर देखि तल तम्घासमा केवुलकार निर्माणको कुरा सुरुमा एकिकृत नेकपा माओवादीका नेता वामदेव क्षेत्रीले उठाएका हुन् । पछि अरु धेरै नेताहरुले पनि उठाए तर अहिले त्यो कुरा सेलाएको छ । पछिल्लो चरण रेसुङ्गाको विकासमा एमाले नेता एवं पुर्व मन्त्री प्रदिपकुमार ज्ञवालीको निकै देन रहेको संरक्षण समिति बताउ छ । एकिृकृत माओवादी सरकारमा रहेको बेला उक्त महादेव मन्दिर निर्माण सुरु भएकोले उक्त पार्टीका नेताहरुको पनि ध्यान रेसुङ्गा तिर गएको देखिन्छ ।

कांग्रेसजनहरुले त सुरु देखि नै रेसुङ्गाको विकासका लागि अलि बढी नै खटेका छन् । रेसुङ्गाको गुठी प्रशस्त भए पनि लथालिङ्ग रहेको छ । त्यसको गुठी र वर्षिक आय–व्यायबाटै पनि रेसुङ्गामा केवुलकार राख्न सकिने अवस्था थियो तर खोई कहाँ जान्छ त्यहाँको रकम ? भनेर आलोचना गर्नेहरु पनि रहेका छन् । यि र यस्ता कुराहरुमा पारदर्शी हुँदै र रेसुङ्गलाई सिमित केहि दल विचारका मानिसहरुले राजनिती गर्ने थलो नवनाई साझा र पवित्र मनले विकास गर्ने सोंच बनाउन सके त्यसको विकास अवस्य हुने देखिन्छ ।



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment