नेपाल जापान डट कम सम्बाददाता
द्वन्द्व अफगानिस्तानमा त्यहाँको विद्रोहीले गराएको आत्मघाती बिस्फोटमा एक नेपाली नागरिकको मृत्यु भएको छ । घटनामा अर्का दुई नेपाली शख्त घाइते भएका छन् । उक्त घटनामा दुर्इ भारतीय, एक केन्याली, दुइ फिजीका नागरिकको पनि ज्यान गएको छ ।
समाचार अनुसार मंगलबार बिहान साढे ६ बजेको घटनामा अफगान इन्टेलिजेन्स एजेन्सीको ड्रेस लगाएर अमेरिकी अधिकारीको बसोबास रहने को राजधानी काबुलको कसालास्थित एक क्याम्पमा छिरेका आक्रमणकारीले आत्मघाती बम प्रहार गरेका थिए ।
क्याम्प सुरक्षामा खटिएको डाइनाकोर सेक्युरिटी कम्पनीमा कार्यरत धरानका गंगा लिम्बूको घटनास्थलमैं मृत्यु भएको हो । बम प्रहारमा शख्त घाइते अनिल गुरुङ र मेघ गुरुङको उपचार भैरहेको छ ।
सो स्थल काबुल विमानस्थलको नजिकै पर्दछ । यो घटनाको जिम्मेवारी तालिबानले लिएको छ । तालिबान प्रवक्ता जबिउल्लाह मुजाहिदले आत्मघाती हमलामाा कम्तिमा १५ जनाको मृत्यु भएको दावी गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
स्मरणीय के छ भने अफगानिस्तान वैदेशिक रोजगारीका लागि नेपाल सरकारले प्रतिबन्ध लगाएको भए पनि अवैध तरिकाले त्यहाँ हजारौं नेपाली पुगेका छन् । नेपालीहरु विशेषतः अमेरिकी सेनाको क्याम्पका कामदारका रुपमा अफगानिस्तान पुग्ने गरेका छन् ।

0 comments:
Post a Comment