प्रेम सुनार
गुल्मी, साउन–६ । जिल्ला कै
बढि तरकारी उत्पादन गर्ने गाविस मानिने
अस्लेवामा वजार सम्म पुराउने सडक अवरुद्ध भए
पछि त्यहाँ उत्पादित लाखौ मुल्य
बराबरको तरकारी खेत मै सडेर क्षति भएको छ ।
जिल्ला कै अगुवा कृषक मानिने अस्लेवाका अर्जुन
कनौजेको तरकारी फर्ममा मात्रै करिव २ लाख
बराबरको तरकारी सडेर नष्ट भएको छ । ५०
रोपनी खेतमा टमाटर , बोडी, करेला ,
कांक्रा बन्दा, काउली र सिमी उत्पादन गर्दै
आएका कनौजेले बजार पुराउन नसके पछि उखलेर
फाल्न थालिएको बताए ।
गत जेठ १५ गते देखि सेनाले रिडी देखि रुद्रवेणी सडक
खण्डमा सडक बिस्तार गर्दा उक्त सडक बन्द
गरिएको र
उता कालिगण्डकी कोरिडोरमा पनि बेला बेलामा अवरुद्ध
हुँदा त्यहाँको तरकारीले बजार पाउन नसकेका हो ।
कनौजे सहित उनका छिमेकी कृषक लक्ष्मण पाण्डे,
खेमलाल पाण्डे , महाशर्मा पाण्डे
लगातका व्यवसायीक तरकारी खेती गर्ने कृषकहरुले
उत्पादन दिदै गरेको तरकारी उखलेर धान रोप्न
बाध्य भएका छन् ।
उनिहरुले परम्परागत धान खेती छाडेर
तरकारी खेती गरी मनग्ये आम्दानी गर्दै आई
रहेका थिए । अस्लेवाका सवै कृषकहरुको गरी करिव ५
लाख बराबरको क्षति भए पछि उनिहरु निरास
भएका छन् ।
यस सम्वन्धमा नेपाली सेना सडक निर्माण
कार्यादलका कमाण्डर प्रमुख सेनानी रेश्मीराज
भट्टराई संग सम्पर्क राख्दा माथीबाट रकम
निकासी हुन ढिलाई भए पछि सडक निर्माण कार्य
पनि ढिलाई भएको बताए ।
सेनाले उक्त सडक खण्डको साँधुरेमा साढे दुई
किलो मिटर कडा चट्टान फोरेर चौडा पार्ने काम
गर्दै आएको छ । अस्लेवाको तरकारी बुटवल र
पोखारा सम्म पुग्ने गर्दछ । कनौजे लगायत
अस्लेवाका दर्जनौ व्यवसायीक तरकारी कृषकहरु
एउटैले वार्षिक ९ लाख सम्मको तरकारी उत्पादन
गर्दै आएका छन् ।




0 comments:
Post a Comment