इराकबाट ११ जना नेपालीको उद्धार

उद्धार प्रयास सफलः दुतावास होम कार्की ० नेपाल फर्कनु अघि अरबील विमानस्थलमा उद्धार गरिएका नेपालीहरु । दोहा (कतार) , श्रावण २ - इराकको द्वन्द्वग्रस्तमा फसेका झन्डै दुई महिनापछि ११ जना नेपालीलाई उद्धार गर्न सरकार सफल भएको छ । उनीहरुलाई इराकको स्थानीय समय ९ :५५ को फ्लाई दुवईबाट स्वदेश पठाइएको हो । 'लामो प्रयास भएपछि ११ जना नेपालीलाई उद्धार गर्न सफल भएका छौं', इराक पुगेका पाकिस्तानस्थित नेपाली दुतावासका उपनियोग प्रमुख तिर्थ अर्यालले कान्तिपुरलाई भने,'उहाँहरु सकसुल घर फिर्ता हुनु भएको छ ।' उनीहरु शुक्रबार राति स्वदेश पुग्नेछन् । उद्धार हुनेमा कानेपोखरी-९, मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक-१३, झापाका ३८ वर्षीय प्रेस गिरी, घोरही ठाकुर-९ का टोपबहादुर बस्नेत, निर्मलपोखरी-५, कास्कीका २७ वर्षीय सन्तोष लामिछाने, नुनखर्क-१, ओखलढुंगाका २९ वर्षीय अजित तामाङ, चितवन शारदा नगरका २७ वर्षीय प्रकास विश्वकर्मा, रुकुमका धनबहादुर विक, रामेछापस्थित सुकाजौर गाविसका ३२ वर्ष बिष्णु बस्नेत, धनकुटास्थित खुवाथोक गाविसका ४४ वर्षीय इन्द्रकुमार लिम्बु, धनुकुटा मुडेवासका २४ वर्षीय सुवास नेम्बाङ दाङ र लमहीका अनिल चौधरी रहेका छन् । उनीहरु होटल र निर्माण कम्पनी काम गर्न पुगेका थिए । उद्धार भएर फर्कनु बेला उनीहरु हर्षका आशु झारेका थिए । 'हामी घर र्फकन सफल हुँदैन न कि भन्ने थियो । बाँचेर फेरी आफ्नो परिवारसँग भेटिएला भन्ने आशा निकै झिनो थियो', कुर्दिस्थान विमानस्थलबाट प्रेस गिरीले भने,'हामी सबैको भाग्य बलियो रहेछ । जिन्दगीले अर्को जन्म पाएका छौं ।' अर्यालका अनुसार उनीहरु स्वदेश फिर्न पाएको खुसीबारे व्यक्त गर्न सकिरहेका थिएनन् । ती मध्ये सात जना नेपाली टिक्रिटबाट आफ्नै जोखिममा भागेर कुर्दीस्थान र किक्रकमा परेका थिए । उनीहरु जुनको पहिलो साताबाट हिंसाग्रस्त क्षेत्र टिक्रिटमा फसेका थिए । बाँकी चार जना बिष्णु बस्नेत, इन्द्रकुमार लिम्बु, सुवास नेम्बाङ दाङ र अनिल चौधरी विद्रोहीले अपहरण गरेको चार दिनपछि मुक्त भएका थिए । उनीहरु झन्डै एकमहिनादेखि किकृकको एउटा होटलमा राखिएको थियो । उपनियोग प्रमुख अर्याल उनीहरुलाई उद्धारको प्रक्रिया मिलाउन गत आइतबार इराकको स्वसासित क्षेत्र कुर्दीस्थान पुगेका थिए । अर्यालले किकृक पुगेर सात जना नेपालीलाई कुर्दीस्थान ल्याएका थिए । 'फिर्ती अनुमति मिलाएर उनीहरुलाई स्वदेश पठाइएको हो', अर्यालले भने,'यसको लागि कुर्दीस्थान सरकारले सहयोग गरेको हो ।' अर्यालले ती नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ इराकले उल्लेखनीय भूमिका खेलेको बताए । एनआरएन इराकका अध्यक्ष लालकाजी गुरुङले समस्या परेका नेपालीहरुलाई आफूहरुले सक्दो सहयोग गर्न सकेको बताए । 'हामी निरन्तर उनीहरुको सम्र्पकमा रहेर काम गरिरह्यो । उनीहरुलाई खाना खुवाउने व्यवस्था गरौं', उनले भने,'सरकारको उपस्थीति नभएसम्मको लागि एउटा अभिभावकको काम गर्न सफल भयौं ।'

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment