अनिल खत्री गुल्मी भदौ ९
।

एनसेल नेपालले तिजको अबसरमा बिभिन्न उपहार योजना ल्याएको छ । हिन्दु महिलाको
महान पर्व हरितालिका तिजको अबसर पारेर एनसेल नेपालले बिभिन्न योजना ल्याएको हो । महिलाहरुको महान पर्व तिजको अबसरमा एनसेल नेपालले सिम कार्ड खरिद गर्दा बिभिन्न उपहार योजना जारमा ल्याएको छ । एनसेल नेपालले सिम अफर योजना अन्र्तगत ग्राहकले एक एनसेल सिम काड खरिद गर्दा एन सेल नेपाल लेखेको डायरी र पेन उपहार योजना ल्याएको छ । त्यस्तै दुई वटा एनसेल सिम काड खरिद गर्दा एनसेल नेपाल लेखेको डायरी,पेन र रु ५० को रिचार्ज कार्ड पनि उपहार योजनामा समावेस गरेको एनसे ल नेपालका गुल्मी जिल्लाका अधिकृत बिक्रेता जनक पन्तले बताए । गुल्मी जिल्लाका बिभिन्न स्थानमा एनसेल नेपालको स्टल राखी उक्त उपहार यो जनाको सिम काड बिक्री गरिएको पन्तले बताए । एनसेल नेपालले गुल्मी को सदरमुकाम तम्घास को लाकुरी मञ्च,सदरमुका भन्दा बाहिर, हर्दिनेटा, बिर वास, लुम्छा, श्रृङ्गा, वलेटकसार, रिडीमा एनसेल स्टलहरु राखिएने पन्तले बताए । गुल्मीको सदरमुकाम तम्घास बाट लगिएका सिमकार्ड ग्रामीण बस्तीमा महङ्गो मा बिक्री गरिएको भन्ने सुनिएको हुदा हामीले ग्रामीण भेगमा यो उपहार योजनालाई गाँउ केन्द्रित गरिको एनसेल नेपालका गुल्मी जिल्लाका अधिकृत बिक्रेता जनक पन्तले बताए । सोमवार सम्म तम्घास र हर्दिनेटामा स्टल राखेर २ सय १८ जना ग्राहकले उक्त उपहार योजनाको एनसेल सिमकार्ड खरिद गरेको पन्तले बताए । एनसेल नेपाललेले राखेको स्टलमा एक प्रति नागरिताको फोटोकपी र एक प्रति पासपोर्ड साईजको फोटो सहित आश्यकता अनुसार उपहार योजनाको सिमकार्ड किन्न सकिने पन्तले बताए । यो उपहार योजना गुल्मी जिल्लामा यहि भाद्र १६ गते सम्म संञ्चालन गरिने बताईएको छ ।
0 comments:
Post a Comment