भरतपुर/निर्देशन बिपरित भड्किलोरुपमा तीज मनाउन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले पुनः ध्यानाकर्षण भएको जनाएको छ । केहि हप्ता अघिनै प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बिज्ञप्ती मार्फत तीज मनाउने नाममा तडकभडक गर्ने र विकृति ल्याउनेलाई कारबाहि गर्ने चेताबनी दिएको भएपनि अहिले चितवनमा असामान्य रुपमा तीज मनाइरहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी शर्मा अहिले विदामा हुनुहुन्छ ।
होटल तथा पार्टी प्यालेसलगायत सार्वजनिक स्थानमा तीज गीत कार्यक्रम गर्न नपाइने भनि निर्देशन दिइएको भएपनि प्रशासनको निर्देशन बिपरित कार्यक्रमहरु भइरहेका छन् । चितवनका सबैजसो स्थानीय टेलिभिजनहरुले निश्चित रकम लिएर ती कार्यक्रमहरुको छायांकन गरेर प्रशारण गरिरहेका छन् । निर्देशन विपरित तीज मनाइएको र स्थानीय टेलिभिजनहरुले प्रशासनको निर्देशन बिपरित गरिएका कार्यक्रमहरुलाई प्रोत्साहन दिएको भन्दै जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले होटल तथा पार्टी प्यालेसहरुलाई तीजलाई भड्किलो बनाउन मदतगर्ने कार्यक्रम नगर्न र सर्वसाधारणलाई समाजमा विक्रिति ल्याउनेगरी गतिविधि नगर्न आग्रह गरिसकिएको जानकारी गराउँदै यस्तो भेटिएमा कारबाहि गर्ने बताउनुभयो ।

केन्द्रिय स्तरबाट गृहमन्त्रालयले समेत तीज भड्किलो रुपमा नमाउन सार्वजनिकरुपमै सूचना जारी गरेको थियो । यसरी कडाई गर्दा गतबर्ष चितवनमा तीज सामान्यरुपमा सम्पन्न भएपनि यस बर्षको तीज असामान्य देखिन थालेको छ । प्रशासनको निर्देशनका कारण गत बर्ष स्थानीय एफएम तथा टेलिभिजनहरुले समेत तीज गीत प्रतियोगिता रोकेको भएपनि यसबर्ष केहिले प्रतियोगिता गर्ने तय गरेका छन् ।
0 comments:
Post a Comment