अन्तर्राष्ट्रिय चासोको विषय बन्दैछ सुनकोसीको ताल


काठमाडौं,भदौ ५–
सिन्धुपाल्चोकको जुरेमा साउन १७
मा गएको भीषण पहिरोले सुनकोशी नदी थुनेर
बनेको ताल पूर्णरुपमा खोल्न नसकिने निष्कर्ष
घटनास्थलमा खटिएको भूगर्भविद्को टोलीले
निकाल्दै गर्दा त्यस विषयमा अन्तर्राष्ट्रिय
चासो बढ्न थालेको छ । खासगरी दुई
छिमेकी राष्ट्र चीन र भारतले ताल खोल्ने
विषयमा चासो देखाएका हुन् ।
भारतको भूगर्भविद्हरुको एक ६ सदस्सीय
टोलीले हेलिकोप्टरबाट
सुनकोसी नदीमा पहिरो गएको स्थान हेरेर
फर्किसकेको छ भने चीनियाँ भूगर्भविद्हरुले
पनि निरन्तर चासो देखाइरहेका छन् ।
भूगर्भविद् डा. रञ्जन कुमार दाहालका अनुसार
भारतीय भूगर्भविद्को टोलीलाई
सुनकोशी आएको पहिरो, त्यसले सुनकोशी थुनेर
बनेको ताल र
त्यसको जोखिमको विषयमा ब्रिफिङ
गरिएको थियो ।
दाहालकै अनुसार चिनियाँ भूगर्भविद् प्रोफेसर
फाओ वाङले कोसीका बिषयमा निरन्तर
सल्लाह सुझाब र चासो दिंदै आएका छन् ।
सुनकोसीजस्ता धेरै ताल खोलेको अनुभव
उनीहरुसँग छ । उनीहरुले निरन्तर सल्लाह दिदै
आएका छन् । स्रोतका अनुसार
सुनकोसीको ताल खोल्ने
बिषयमा सहायता दिन विश्ववैंक, जापान
सहयोग नियोग (जाइका)लगायतले पनि गृह
मन्त्रालयलाई प्रस्ताव राखेका छन् । तर गृहले
विदेशीको सहयोग नपर्ने भन्दै उनीहरुलाई
फर्काइदिएको स्रोतको दावी छ ।
अहिलेसम्म गरिएको प्रयास
नेपाली सेनाको युद्धकार्य
तथा व्यवस्था महानिर्देशनालयका महानिर्देशक
पदमविलाश कार्कीको नेतृत्वमा सरकारले गठन
गरेको विज्ञसहितको टोलीले तालको १५
मिटर पानी खोल्ने र वैकल्पिक
बाटो भदौभित्रै निर्माण सम्पन्न गर्ने निस्कर्र्ष
निकाले पनि अहिलेसम्म सेनाले
थुनिएको तालको जम्मा १ मिटर पानी मात्र
घटाउन सफल भएको छ भने ११
किलोमिटरको वैकल्पिक मार्गमध्ये ६ सय मिटर
निर्माण सकेको देखिन्छ । तालबाट १ मिटर
पानी घटाउन नेपाली सेनाको टोलीले ५०
वटाभन्दा बढी विष्फोट गराउनु परेको छ ।
बाँकी १४ मिटर पानी नघटेसम्म अबरुद्ध
राजमार्ग भेटिँदैन भने हाल
डुवानमा परेको सानीमा हाइड्रो पावर
पनि उक्सिने कुनै सम्भावना छैन । सरकारले ताल
खोलाउन र वैकल्पिक मार्ग बनाउन
त्यहाँ दुईवटा स्काइभेटरर ५१९ जना सैनिक
फौजलाई परिचालन गर्दै आए पनि बाँकी १४
मिटिर पानी घटाउन सकिने उपाय
सो टोलीसँग छैन ।
बजेटको अभाव
विज्ञसहितको ताल खोल्ने
कार्यमा खटिएको नेपाली सेनाको टोलीले
ताल पूरै खोल्न एकातिर बजेटको अभाव र
अर्कोतिर जोखिमका कारण ताल खोल्न
नसकिने निष्कर्ष निकालेको छ । सो टोलीले
पूरै ताल खोल्न ४५ करोडभन्दा बढी खर्च लाग्ने
जनाएको छ ।
सेनाका सेनानी तथा ईन्जियनयर डा. रामचन्द्र
तिवारीका अनुसार थुनिएको पानीमा दश
लाख टनभन्दा बढी गेग्य्रान जम्मा भएकोको छ
। अस्थायी तालको बाँध
पनि चट्टानी गेग्य्रानले बनेका कारण पूरै
पानी खोल्न सम्भव छैन । सो बाँध ४२ मिटर
अग्लो र १०० मिटर चौडाईंको रहेको छ । १
किलोमिटरमाथिदेखि खसेको माटो र
गेग्य्रान तालमा जम्मा भएको छ ।
राजनीतिक दलको चासो र सक्रियता
बाढीपहिरोमा परेका नागरिकहरुको उद्दार,
राहत र पुनस्र्थापनाका लागि राजनीतिक
दलहरुको सक्रियता पनि बढेको छ ।
खासगरी केही समय पहिले
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले सुनकोशी क्षेत्रको निरीक्षण र
पीडितहरुसँगको भेटघाटपछि प्रचण्डले
सदनमा जोडदार
कुरा उठाएपछि सिंगो देशको ध्यान
बाढीपहिरो पीडिततर्फ केन्द्रित भएको छ र
राहत संकलनको कामले पनि तीव्रता पाएको छ
। अहिले प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय
राहत तथा पुनःस्थापना समिति बनेको र
बुधबार बसेको बैठकले मृतकका परिवारलाई एक
लाख राहत दिने निर्णय गरेको छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment