काठमाडौं, भदौ ८ –
आमासँग गरेको माग पूरा नगर्दा नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्दका छोरा नरेन्द्र चन्द र भतिजी मञ्जु चन्दले आत्महत्याको प्रयास गरेको खुलासा भएको छ । शनिबार बेलुका चाबहिलस्थित डेरामा कोही नभएका बेला विप्लवपुत्र नरेन्द्र र भतिजी मञ्जु चन्द विष सेवन गरेर बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई कसैले षड्यन्त्रमूलक ढंगले विष खुवाएको अनुमान गरिएको थियो । ‘उनीहरुले आमासँग केही माग गरेका रहेछन् । त्यही पूरा नभएको आवेगमा आत्महत्याको प्रयास गरेछन्,’ विप्लवले रातोपाटीसँग कुरा गर्दै भने । प्रहरीका अनुसार पनि उनीहरुले कोठामा सुसाइड नोट समेत लेखेर विष सेवन गरेका थिए । अचेत अवस्थामा छिमेकीले भेटेर उनीहरुलाई ओम अस्पतालको आइसीयुमा भर्ना गराएका थिए । आइतबार बिहान नेत्रविक्रम चन्द र जयन्त चन्दले ओम अस्पताल पुगेर आफ्ना छोराछोरीसँग भेट गरेका छन् ।

0 comments:
Post a Comment