अन्ततः जिशिअ फर्केनन्, नयाँ आउँदै


 प्रेम सुनार
गुल्मी, भदौं–३ ।  अनियमित्ता , भ्रष्टचारको आरोप खेप्दै  झण्डै एक महिना जिल्लाबाट वहिरिएका गुल्मीका जिल्ला शिक्षा अधिकारी दिपेन्द्रकुमार श्रेष्ठ अन्ततः नफर्कीने भएका छन् । जिल्ला शिक्षा कार्यालयले दिएको जानकारी अनुसार अब  जिल्ला शिक्षा अधिकारीको कार्यभार सम्हाल्न चन्द्रबहादु खड्का आउँदै छन् ।
     श्रेष्ठ शिक्षा विभागमा सरुवा भएको र मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालयका उप–निर्देशक रहेका ख्डका भोली सम्म आई पुग्ने जानकारी प्राप्त  भएको  छ ।  शिक्षक सरुवा र विषय परिर्तन गरेर  जिशअ श्रेष्ठले घुस खाएको आरोप लगाउँदै यहाँको एक समुह जिल्ला शिक्षा कार्यालयमा धर्ना दिई रहेको छ ।
    त्यस्तै केहि पेशागत संगठनका अगुवाहरुले  श्रेष्ठ निर्दोष रहेको र राजनैतिक पुर्वग्रह साँधेर अनाहकमा उनको चरित्र हत्या गरेको जिकिर गर्दै जिल्ला प्रशासनको ध्यानकृष्ट गराएको छ । साउन २४ गते देखि दिईएको धर्ना मंगलबार सम्म पनि जारी छ । जसका कारण सो कार्यालयको नियमति कार्य प्रभावित हुँदै आएको छ । शिक्षक पदास्थापना जस्ता कैयौं महत्वपुर्ण कार्यहरु हुन नसक्दा सम्वन्धीत पक्ष मर्कामा परेका छन् ।
   यसरी जिल्ला शिक्षा कार्यालय लामो समय देखि अस्तव्यस्त भएको प्रति एकिकृत नकपा माओवादी जिल्ला संगठनले ध्यानकृष्ट भएको जनाएको छ । जिल्ला अध्यक्ष सुदर्शन वरालद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘ पदास्थपनमा ढिलाई हुँदा शिक्षकको पेशा र विद्यालयको पठन पाठनमा गम्भीर समस्या हुने देखिएकोले तत्काल सम्वन्धीत पक्षलाई उक्त समस्या समधान गर्न अपिल गर्दछौं । ’


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment