प्रेम सुनार
गुल्मी, साउन–२० । आज देखि देशै भर सञ्चालन भएको पुरक परिक्षामा गुल्मीबाट अनिवार्य गणीत विषयको परिक्षा दिने विद्यार्थी सवै भन्दा बढि रहेका छन् । सदरमुकाम तम्घासको शिद्धबाबा उच्च मावि–ए । महेन्द्र उमावि बि, र सी परिक्षा केन्द्रबाट पुरुक परिक्षा दिने कुल २८ सय ९७ जना विद्यार्थी मध्ये सवै भन्दा बढि अनिवार्य गणीतमा १३ सय विद्यार्थीहरु रहेका छन् ।
आज पहिलो दिन अनिवार्य अग्रेजीबाट सुरु भएको परिक्षामा ४ जना अनुपस्थित रहेको विद्यालय निरक्षक झविलाल बिकले जानकारी दिए । उनका अनसार अनिवार्य गणीत पछिको बढि संख्या विज्ञानमा रहेका छन् । विज्ञानमा ८ सय ६० जनाले परिक्षा दिदै छन् । अग्रेजीमा आज ४ सय २२, जना जना सहभागी थिए । सामाजिकमा १ सय २९ , स्वास्थ्य जन संख्या तथा वातवरण शिक्षामा ३ , गणीतमा १ सय ११, अर्थ शास्त्रमा ५३ , कार्यालय सञ्चालन र लेखामा २ र कम्पुटर विज्ञानमा ७ जनाले परिक्षा दिदै छन् ।
यस हिसावले गुल्मीका विद्यालयहरुमा अनिवार्य गणीत र विज्ञान पढाई कम्जोर रहेको र यसएलसीमा ति विषयहरु यहाँका विद्यार्थीहरुलाई फलामको चिउसा सावित हुने गरेको देखिएको छ । साउन २२ गते दिईने अनिवार्य गणीत परिक्षामा बढि विद्यार्थी संख्या भएकोले त्यस दिनका लागि रेसुङ्गा बहुमुखी क्याम्पसमा परिक्षा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।


0 comments:
Post a Comment