प्रेम सुनार
गुल्मी, साउन–२० । गुल्मीका असाहय, दलित तथा जेहन्दार विद्याथीहरुलाई काठमाण्डौको एक संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल असाहय वालवालिका सहयोग केन्द्रले चार विद्यायलका १८ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
उसले सदरमुकाम तम्घासको सिर्जना प्रा.वि., उपल्लो तम्घास मावि , महेन्द्र उच्च मावि , शिद्धबाबा उच्च माविका विद्यार्थीहरुलाई एक समारोहका विच कापी, कलम , लगायतका शैक्षिक साम्रागी वितरण गरेको थियो । गत वर्ष देखि गुल्मीका पाँच विद्यालय छनौट गरी वितरण सुरु गरिएको र त्यसको निरन्तरता स्वरुप यसपाली पनि वितरण गर्न आएको केन्द्रका अध्यक्ष बाबु नेपालले बताए ।
शैक्षिक सामग्री वितरणको आर्थिक श्रोत कुनै दातृ निकायबाट नभई देश विदेशमा रहेका साथीहरुसंगको हातेमालो कार्यक्रमबाट जुटेको अध्यक्ष नेपालले जानकारी दिए । दलित महिला संघ गुल्मीको सह–आयोजनामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्ति, प्रहरी निरीक्षक हरि हमाल, महिला तथा वाल वालिका कार्यालयकी तुल्सा ज्ञवाली, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतको आतिथ्यता थियो ।
नेपाल असाहय वाल वालिका सहयोग केन्द्र काण्ठमाण्डौंका अध्यक्ष बाबु नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित महिला संघकी अध्यक्ष कमला वरालको स्वागत मन्तव्य र ममता चुँदराको सञ्चालन रहेको थियो ।


0 comments:
Post a Comment