खोलामा एकको शव फेला दुई बेपत्ता


    प्रेम सुनार
गुल्मी, साउन–२० ।  गत तिन दिनको अन्तरालमा गुल्मीमा खोलामा बगेर एक जनाको शव फेला परेको छ भने दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो करिव १२ वजेको समयमा नयाँगाउँ–७ मा पर्ने पनाह खोलामा एक जना बृद्धा महिलाको शव फेला परेको छ ।
    अर्घाखाँचीको खनदह–५ घर भई गत ३० वर्ष अघि देखि नयाँगाउँ–२, कुनाखर्कस्थित माईतीमा बस्दै आई रहेकी ८० वर्षिय नाम खुल्न नसकेकी खनाल थरकी बृद्धाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि हमालले दिएको जानकारी अनुसार खोलामा डुबेको अवस्थामा ति बृद्धाको शव नयाँगाउँ प्रहरी चौकीका प्रहरीहरुले  फेला पारेका हुन् ।
      हेलत्व सहन नसकेर ३० वर्ष अघि देखि  माईती मै वसेकी उनलाई उनका श्रीमान आज उनको शव भेट्न आउँदै गरेको प्रहरीले जनाएको छ । जिवित छउञ्जेल फर्केर हेरेनन् श्रीमानले तर जव उनको मृत्यु भयो भन्ने सुने तव उनको शव भेट्न आउँदै छन् उनी ।
  ति बृद्धाको वगेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको प्रहरी निरीक्षक हमालले बताए । ‘उनका श्रीमान आउँदै छन् भन्ने सुनिएको छ ’–प्रहरी निरीक्षक हमालले भने –‘ ति बृद्धा माईतीमा बस्न थालेको ३०÷ ३५ वर्ष भयो रे’ भन्ने जानकारी आएको छ । ’
  उता अघिल्लो दिन राती श्रीमानले मदिरा सेवन गरी कुटपिट र गाली वेईजती गरेको अर्को दिन हिजो वामी स्थित एक परिवारकी महिला दरमखोलामा हाम्फालेर बेपत्ता भएको वामी प्रहरी चौकीले जनाएको छ । वामी–१ वसेरीका हर्कबहादुर कुमालकी ५५ वर्षिया श्रीमति मत्थी कुमाल बेपत्ता भएकी हुन् ।
     ‘मदिरा सेवन गरी राती श्रीमान श्रीमति विच झगडा भएको र अर्को दिन विहानै दराम खोलामा हाम्फालेर बेपत्ता भएको जानकारी आएको छ ’–प्रहरी निरीक्षक हरि हमालले भने–‘ वामी प्रहरीचौकीले खोजी गरी रहेको छ । ’
     उता  १७ गते राती देखि निस्ते खोलामा बगेर बेपत्ता भनिएका हस्तीचौरका एक युवा पनि अहिले सम्म बेपत्ता रहेका छन् । हस्तीचौर–२ खहरेका ३५ वर्षिय पदम थापा मगर बेपत्ता भएका हुन् । सुरुमा राती माछा मार्न जाँदा थापा मगर बगेर बेपत्ता भनिए पनि अहिले संगै गएका साथीहरुले अन्य गाउँमा कुखरा खोजेर फर्किने क्रममा खोला तर्दा बगेर बेपत्ता भएको बताएको जानकारी प्राप्त भएको छ ।
  थापा संगै गएका स्थानिय विष्णु कार्की र श्रीप्रसाद खत्रीले यस्तो बताएको खहरेका समाज सेवी गोकर्ण सुर्यवंशीले बताए । तिन दिन देखि थापा मगरको अवस्था अज्ञात रहँदा परिवार र  गाउँवासी ठुलो चिन्तामा परेका छन् ।
       विपन्न परिवारका थापा मगरकी श्रीमति र ६ सन्तान विचल्लीमा परेको छन् । स्थानियवासीले धेरै तल सम्म खोज्दा पनि फेला नपारे पछि प्रहरी गुहारेका छन् । यस सम्वन्धमा प्रहरी निरीक्षक हमालले त्यस आसपासका प्रहरी चौकी परिचालन गरिएको बताए 

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment