प्रेम सुनार
गुल्मी, भदौं–६ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको पुर्व सन्ध्यामा त्यसमा आवद्ध यहाँका कर्मचारीहरुले आज सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरी तीज गीतमा यहाँका चेलीहरुलाई नचाएका छन् । युनियन दिवस एवं हरितालिका तीज पर्व २०७१ को अवसमा आयोजित शुभकामना कार्यक्रममा महिला कर्मचारीहरु रातो साडीमा सजिएर मौलिक तीज गीत गाएर नाचेका थिए ।
भदौं १९ गते हुन गई रहेको स्थापना दिवस मनाउने कार्यक्रम अन्तरगत आयोजित तीज गीत समारोहमा युनियनका केन्द्रिय उपाध्यक्ष एवं पश्चिमाञ्चल संयोजक जयश्वर पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको विशेष आतिथ्यता थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति भुवनप्रसाद श्रेष्ठ, सचिवद्धयः विष्णु वलाल, छन्दबहादुर पहराई, सो पार्टीका पुर्व सभापति सुरेशचन्द्र भुसाल ,तरुण दलका अध्यक्ष खिलद्धवज पन्थी, नेपाल शिक्षक संघकी केन्द्रिय सदस्य धना भण्डारी, जिल्ला अध्यक्ष प्रेमनारायण भण्डारी, ट्रेड युनियन कांग्रेसका अध्यक्ष वालकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुषाल, गाविस सचिव हक हित मञ्चका अध्यक्ष गोपालबहादुर सेन लगायतको आतिथ्यता थियो ।
युनियनका जिल्ला अध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा उक्त कार्यक्रमकी संयोजक पार्वता गौतमको स्वागत मन्तव्य र सिता घिमिरेको सञ्चालन रहेको थियो । तस्वीरः तम्घासको एभरग्रिन पार्टी प्यालेसको हलमा आयोजित उक्त कार्यक्रमका केहि झलकहरु
0 comments:
Post a Comment