नेपाल जापान डट कम सम्बाददाता
जापानको हिरोशिमामा बुधवार बिहान गएको एक पहिरोमा परि २७ जनाको मृत्यु भएको छ | “राष्ट्रिय प्रहरी एजेन्सी अनुसार हिरोशिमास्थित आज बिहान गएको उक्त पहिरोमा परि २७ जनाको ज्यान जानुका साथै १० जना व्यपत्ता भएका छन् | बिहानै एउटा पहाडको ढिस्को खसेर उक्त पहिरो गएको थियो |
पहिरो राती गएको हुँदा घरभित्र रहेका घटनास्थलका धेरै मानिस घरसंगै पुरिन पुग्दा मृत्यु हुनेको संख्यामा अझ वृद्धि हुन सक्ने बताइएको छ | राती पहिरो गएको समयमा घरबाट बाहिर निस्किन नपाउदा उक्त स्थानमा यति धेरै व्यक्तिहरुको ज्यान जना पुगेको हो | आगो र विपद् व्यवस्थापन एजेन्सी जापानका अनुसार मृत्यु हुनेमा एक ५३ वर्षीय वृद्ध पनि रहेका छन् जसले पहिरोमा फसेका ५ जनालाई बचाउन सफल भएका थिए | उनलाई दोस्रो पटक आएको पहिरोले पुरेको थियो |
स्थानीय टेलिभिजनका अनुसार पहिरोले राती एक दर्जन भन्दा बढी घरहरुलाई पुरेको र त्यहाँ पुरिने मानिसहरुलाई उद्धार गर्न निकै कठिन रहेको छ | आकस्मिक सेवाले बताए अनुसार पहिरो राती गएको हुँदा ज्यान गुमाउने व्यक्तिहरुको संख्या अझै एकिनका साथ पट्ट लागि सकेको छैन | घटनामा २ वर्ष देखि ७७ वर्ष उमेर रहेका व्यक्ति हरु हरे रहेका छन् |
0 comments:
Post a Comment