काठमाडौं,भदौ ५ - प्रधानमन्त्री सुशीलकोइरालाले नेपालीहरुले मलेसियाको विकासमा योगदान
पुर्याइरहेकाे भन्दै नेपालीलाई भिसा लगायतका कुनै समस्या आउन नदिन
मलेसियाका मानव संसाधन मन्त्री रिचार्ड रोइत अनक जिमलाई आग्रह गर्नु भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले
यस्तो आग्रह गर्नुभएको हो । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले
मलेसियाको सरकारी स्वामित्व समेत रहेको मलेसियन एअरलाइन्सका केही समय अगाडि भएको दुई
भिन्दा भिन्दै दुर्घटनामा जीवन गुमाएका मलेसियाली नागरिकका आफन्तप्रति समवेदना व्यक्त
गर्दै दुखको यस घडीमा मलेसिया सरकार र नागरिकहरुमा धैर्यधारण गर्ने
शक्ति प्राप्त हुन सकोस भन्ने कामना गर्नुभएको थियो ।
भेटवार्ताका अवसरमा प्रधानमन्त्री कोइरालाले मलेसियाको विकास प्रयासले आफूलाई निकै प्रेरित
गरेको बताउनुभयो । उहाँले विकासको लागि शान्ति र स्थायित्व अपरिहार्य भएको र नेपाल अहिले
त्यसकै प्राप्तिको मार्गमा रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले संविधान सभाबाट निर्धारित समयभित्रै संविधान जारी भएपछि नेपालमा राजनीतिक स्थिरता र
शान्ति कायम हुनाको साथै विकास प्रकृयाले गति लिने विश्वास पनि दिलाउनु भयो । उहाँले आउने
माघ ८ भित्रै संविधान जारी हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले केही समय पहिले नेपाल भ्रमणमा आउनु भएका मलेशियाका पूर्व
प्रधानमन्त्री डा. महाथिर मोहम्मदसँग आफूले मलेसियाको विकासको सूत्र बताउन आग्रह
गरेको पनि बताउनु भयो । मलेसियाले शान्ति र स्थायित्वको बातावरणमा प्रत्यक्ष
विदेशी लगानीबाट आर्थिक रुपान्तरण गरेको रहस्यले आफू निकै प्रभावित भएको पनि उहाँले बताउनुभयो ।
भेटवार्ताका अवसरमा मलेशियाका मानव संसाधन मन्त्री जिमले नेपालमा हालै आएको बाढी पहिरोले
पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको थियो । उहाँले नेपालमा आफूलाई प्राप्त
आथितेय प्रति धन्यवाद दिदै नेपालीहरुमा रहेको मिहेनती स्वभाव,
कामप्रतिको लगाव,आज्ञाकारिता जस्ता असल गुणहरुले नेपाली जनशक्ति लिन आफूहरु इच्छुक रहेको
बताउनुभयो । मलेसियाका मानव संशाधन मन्त्री जिमले मलेसियाको स्थापनाको साथै विद्रोहीहरुलाई समन
गरेर मलेसियामा शान्ति र स्थायित्व कायम गर्न गोर्खा रेजिमेन्टका नेपालीहरु
गरेको योगदानको पनि स्मरण गर्नुभएको थियो । उहाँले मलेसियासंग अन्य मुलुकसंग भएका श्रम
संझौताको
मानक तयार भए पनि नेपालीका लागि घरेलु कामदारको रुपमा महिला र पुरुष दुवैलाई लैजाने माग
रहेकोले सो अनुरुप काम गर्न केही समय
लागेको बताउनुभयो । उहाँले मलेसियामा पछिल्लो तथ्याङ्क अनुसार ४ लाख ३४
हजार नेपाली कामदार कार्यरत रहेको पनि बताउनु भएको थियो ।
भेटवार्ताको अवसरमा मलेसियाका मानव संसाधन विकास मन्त्री जिमले नेपालमा उडान
गरिरहेको मलेसियन एअरलाइन्सका कर्मचारी र नेपालमा रहेका मलेसियाली नागरिकहरुले
नेपालको बाढी र पहिरो पीडितहरुको उद्धार, राहत,
पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान
गरेको ३ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
0 comments:
Post a Comment