कुमार अविरल पन्थी, कतार साउन १९।
गुल्मी सेवा समाज कतारले आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ । गुल्मी जिल्ला तुरांग गा.वि.स. वडा न. ८ कुमाल गाउ बस्ने धन बहादुर कुमाललाइ ३०,००० (तिस हजार) र सोहि वडाकै खिमे कुमाललाई १९,६१५ (उन्नाइस हजार छ सय पन्ध्र) आर्थिक सहयोग गरिएको हो । गुल्मी सेवा समाज कतारको बिशेष पहल एवम सोहि गाविस निवासी रोजगारीको सिलसिलामा कतारमा कार्यरत रहेका थम बहादुर बिकको सहयोगमा उक्त रकम संकलन गरी पिडितलाई पठाईएको हो । उक्त सहयोग रकम गा.वि.स. सचिव लोकनाथ पोख्रेल एवम मझुवा प्रहरी चौकीका इन्चार्ज प्रविण कार्कीको रोहवरमा गत हप्ता पिडितलाई हस्तान्तरण गरिएको छ । उक्त सहयोग रकम बुझ्दै पिडित कुमाल द्वयले गुल्मी सेवा समाज कतार तथा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद प्रकट गरे।
गत बैशाखमा निज द्वय कुमालको घरमा अचानक आगलागी भई घर,गोठ,धनमाल,लत्ता कपडा, डिगा बाच्छा आगलागीबाट नोक्सान भएको थियो । गुल्मी सेवा समाज कतारले विभिन्न समयमा प्रवासमा समस्यामा परेका नेपालीहरुका साथै जिल्लामा समेत सहयोग गर्दै आइरहेको छ ।


0 comments:
Post a Comment