तम्घासमा वाल दिवस मनाईयो


 प्रेम सुनार
गुल्मी, भदौं–२९ । गुल्मीको सदरमुकाम तम्घासमा विविध कार्यक्रमका साथ राष्ट्रिय वाल दिवस २०७१ मनाईएको छ । नेपाल वाल संगठनको आयोजनामा ‘वालवालिकाको कुरा सुनौं, वाल दुव्र्यवहार अन्त्य गरौं ’ भन्ने मुल नाराका साथ मनाईएको वाल दिवस विशेष कार्यक्रमको जिल्ला न्यायाधिस ऋािषराम आर्चायले उद्घाटन गरेका थिए ।
   दिवस विशेष कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु विच विविध विषयका प्रतियोगिता समेत गरिएको थियो । रेसुङ्गा नगरपालिका स्थित ६ वटा विद्यालयका  विच गराईएको अन्तर मावि नृत्य प्रतियोगीतामा अर्जुन आवसीय उच्च माध्यामिक विद्यालय तम्घास प्रथम भएको छ । द्धितिय  र तृतिय क्रमशः शिद्धवावा उच्च माध्यामिक विद्यालय र आदर्श विद्या आश्रम भएको छ । गण्डकी वोर्डिङ्ग स्कुलका विद्यार्थी भने यस पाली सान्तवना पुरस्कार मै चित्त बुझाउनु परेको छ । 
  साँस्कृतिक कार्यक्रमको सञ्चालन पत्रकार जनार्दन घिमिरेले गरेका थिए भने निर्णायक मण्डलमा गायक सन्तु थापाको संयोजकत्वमा  उत्पीडित समुदाय उत्थान केन्द्रका अध्यक्ष गणेश बिश्वकर्मा, सिचाई डिभिजन कार्यालय प्रमुख रमेश पौड्याल  रहेका थिए ।
     नि.मा.वि. स्तरिय वाल अधिकार तथा वाल वालिका सम्वन्धी निवन्ध प्रतियोगितामा सिद्धवावा उच्च मा.वि. खानीगाउँका प्रविण विश्वकर्मा प्रथम भएका छन् । उनलाई १५ सय नगद  र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । त्यस्तै महेन्द्र उच्च माविका नविन खनाल १२ सय नगद र प्रमाण पत्र सहित द्धितिय भएका छन् । 
    अर्जुन आवसीय उच्च माविका सुदिप मरासीनी १ हजार नगद सहित तृतिय भएका छन् । आदर्श विद्या आश्रमकी  रश्मी पौड्यालले  ५ सय नगद सहित सान्तवना पुरस्कार प्राप्त गरेकी छन् ।  जिल्ला वाल कल्याण समितिले आयोजना गरेको वालवालिका माथी हुने शारीरिक  तथा मानसिक दुव्र्यवहारको अन्त्यका लागि सरोकारवालाहरुको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सिद्धवावा उच्च माविका विकास तामाङ्ग प्रथम भएका छन् । अर्जुन आवसीय उच्च माविकी आकृती भण्डारी भण्डारी द्धितिय र रेसुङ्गा मा.वि. तम्घासका जितेन्द्र थापा तृतिय भएका छन् । 
    सोही अवसरमा जिल्ला वाल कल्याण समितिले गत वर्षको एसएलसी परिक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याई  जिल्ला प्रथम हुने छात्र महेन्द्र उच्च माविका विजय वस्नेत र छात्रा तर्फ जिल्ला प्रथम महेन्द्र उच्च माविकै एलिजा अर्याललाई  ३३ सय ५० का दरले नगद पुरस्कार र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । उनिहरु अनुपस्थितीका कारण उनका अभिभावकहरुलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो । त्यस्तै उपल्लो तम्घास माविका गरिव असहाय विद्यार्थी सन्तोष बिकलाई दुई जोर स्कुल ड्रेस र नगद रकम प्रदान गरिएको थियो । 
   कार्यक्रममा प्रमुख अतिथी जिल्ला न्यायाधिस आचार्यका अलवा नेपाली कांग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला सदस्य माधव ज्ञवाली ,महिला तथा वालवालिका कार्यालय प्रमुख जमुना पौड्याल, वाल कल्याण समिति संयोजक झविन्द्र गैरे, गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघका सचिव तारा भुसाल, भु–संरक्षण कार्यालय प्रमुख विनोद ज्ञवाली , महेन्द्र उच्च माविका प्राचर्य केशरबहादुर थापा, वालवालिका सरोकारवाला दुर्गाचन्द्र वोहरा लगायतको आतिथ्यता थियो । 
 नेपाल वाल संगठनका अध्यक्ष नन्दराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पन्थीको स्वागत मन्तव्य र सचिव हरिकुमार श्रेष्ठको सञ्चालन रहेको थियो । वाल संगठनले हिजो सरसफाई कार्यक्रम, वालवालिकाको स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरेको थियो भने आज विहान प्रभातफेरी कार्यक्रम राखेको भए पनि अविरल वर्षाका कारण हुन सकेन् । आज साँझ दिपावली गरिेने संगठनका सचिव श्रेष्ठले जानकारी दिए । 

तस्वीर तम्घास वालमन्दिर सभाहलमा मनाईएको वाल दिवस कार्यक्तमका केहि झलकहरु 

Displaying DSC09882.JPG

Displaying DSC09884.JPG


Displaying DSC09888.JPG


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment