बुटवलमा सटर ब्यबसायि र प्रहरीबिच झडप १० सटर व्यवसायी गिरफ्तार (फोटो फिचर)



कपिल ज्ञवाली बुटवल,भदौ २८ :

-लुम्बिनी अञ्चल अस्पताल बुटवलको सटर टेण्डर विरुद्ध आज प्रदर्शनमा उत्रेका १० जना व्यवसायीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । सटर टेण्डर रद्ध गर्न माग गर्दै अञ्चल अस्पतालको गेटमा नारा जुलुश गर्दै अस्पतालभित्र छिर्न खोज्दा प्रहरीसंग ब्यवसायीहरुको झडप भएको हो ।

सटर टेण्डरको म्याद सकिन दुई दिन मात्रै बांकी रहेपछि व्यवसायीहरु अन्तिम लडाईका लागि प्रदर्शनमा उत्रेका हुन् । प्रहरीसंग मुठभेड गर्न खोजेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा रोशन गिरी,रामप्रसाद पन्थ,शशि पौडेल,बाबुराम आचार्य,हुमाकान्त काफ्ले,सन्तोष राना,विकास भण्डारी, गणेश शर्मा, भरत नेपाल र प्रेम चौधरी रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । शुरुमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि आक्रोशित हुँदै आन्दोलनकारीहरुले बजारका सटर बन्द गर्न खोजेपछि थप ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले भने डा.तारानाथ पौडेलको राजीनामा माग गर्र्दै आफुहरुमाथि अन्याय भएको बताएका छन् । सटर व्यवसायी संघका अध्यक्ष ढुण्डीराज शर्माले प्रहरीले दमन गरेर जिस्काएको भन्दै अब कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ । व्यवसायीहरुले नेता देखि मन्त्री र सचिवसम्म धाएर सटरको टेण्डर रोक्न पहल गरेपनि अञ्चल अस्पतालका मेसु पौडेलले कानुनी अड्चन नछाडेपछि अन्तत प्रकृया अनुसार नै टेण्डर अगाडि बढेको हो ।

भदौ १ गते खोलिएको टेण्डरको अन्तिम म्याद ३० गते सकिदैछ । मेसु पौडेलले आन्दोलन गर्दैमा टेण्डर रद्ध नहुने भन्दै प्रकृया भन्दा अर्को विकल्प नभएको बताउनुभएको छ । सटर व्यवसायीहरुले भने मेसुको विरोध गर्दै अहिले पनि प्रदर्शन गरिरहेका छन् । अस्पताल लाईनमा ठूलो संख्यामा ससस्त्र, जनपथ प्रहरीहरु परिचालन गरिएको छ ।










Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment