प्रेम सुनार गुल्मी, असोज–४ ।
पुर्व उर्जा मन्त्री एवं नेकपा एमालेका सचिव गोकर्णराज विष्टले गुल्मीको वस्तु शव स्टेशनमा लापर्वाही गर्ने ठेकेदारलाई पुनरावेदन अदालतले जोगाएको आरोप लगाएका छन् । वस्तु शव स्टेशनमा चरम लापर्वाही गरेका ठेकेदारलाई आफु उर्जा मन्त्री भएको वेला सरकारले कारवाही प्रकृया अगाडी बढाई रहेका बेला ति ठेकेदार पुनरावेदन अदालत गएको र उक्त अदालतले उनलाई जिताएर जोगाएको विष्टले बताए । वस्तु सव स्टेशनको आवास गृृह निर्माण सम्पन्न नहुँदै ठाउँ ठाउँमा भत्कीएको र चरम लापर्वाही भएको समाचार ओझेलका खवरले उठाए पछि राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख समेत अनुगमनमा आएर चरम लापर्वाही भएको ठहर गर्दै फर्किएका थिए । लगत्तै त्यसका ठेकेदारलाई कारवाही गर्न सरकारले प्रकृया अगाडी बढाएको नेता विष्टको भनाई छ । उक्त सव स्टेशन भवन निर्माण कार्य गत सात वर्ष अघि देखि अलपत्र परेपछि क्षेत्र नम्वर ३ स्थित सामुदायिक विद्युतिकरणका उपभोक्ताहरु नियमित बत्ती वाल्नबाट बञ्चीत हुँदै आएका छन् । उक्त क्षेत्रका सभासद समेत रहेको विष्टले वस्तु सव स्टेशनको विकल्प स्वरुप अव केहि दिन भित्र मैं ठुलो ट्रान्सफर्मर जडान गर्न लागेको बताएका छन् । लम्जुङ्ग जिल्लावाट १.५ एमबिए क्षमताको ट्रान्सफर्मर वस्तुमा जडान गरे पछि त्यस क्षेत्रको १० वटा गाविसका जनताले विद्युत नियमित वाल्न पाउने उनको ठम्याई छ ।
अतः उक्त वस्तु सव स्टेशन लगायत विविध सवालमा उनै नेकपा एमाले सचिव विष्ट संग रेडियो कुराकानी गरेका थियौं, सुनौ

0 comments:
Post a Comment