‘अदालत निरंकुश बन्यो भन्ने सुन्न नपरोस्’


प्रेम सुनार
गुल्मी, असोज–३ । गुल्मीका जिल्ला न्यायाधिस ऋषिराम आर्चायले अदालत निरंकुश बन्यो भन्ने  सुन्न नपरोस् भन्ने मनसायका साथ आफुहरुले काम गदै आएको  बताएका छन् । आज जिल्ला अदालत गुल्मीले गत एक वर्षमा गरेको काम कार्वाहीवारे जानकारी गराउन राखेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
  ‘वादी, प्रतिवादी संग छुट्टाछुट्टै मैले भेट्न थाले भनें उनिहरुमा आशंका उत्पन्न हुने र  हार्नेले अदालतले निरंकुश भएर फैसला सुनायो भन्ने आरोप आउने भएकोले मैले दुवै पक्षलाई एकै साथ भेट्छु’– जिल्ला न्यायाधिस आचार्यले भने– एक्ला एक्लै भेट्दीँन ।’
   उनले सवैको सरल पहँचमा अदालत बनोस् भन्नका लागि सञ्चारकर्मी, कानुन व्यवसायी संग  सुझाव सल्लाह आदान–प्रदान गर्न  पनि  भेटघाट कार्यक्रम राखेको बताए ।  ‘ढिलो न्याय दिनु नदिनु जस्तै हो’ भन्ने युक्ती उदृत गदै जिल्ला न्यायाधिस आर्चायले आफ्नो कार्यकालमा कार्यविधीमा आएको कठिनाई वाहेक कुनै पनि मुद्धा एक वर्ष भित्रैमा फछ्र्याैट गर्ने गरेको  जनाए ।
  दलित गैह्र दलित विच हुने गरेको प्रेम विवाह र पछि समाजका मानिसहरुले अदालतलाई  दिने गरेको मुद्धाबाट आफु एक पटक रोएको भन्दै उमेर नपुगेका जोडीहरुले अन्तरजातिय विवाह गर्न नहुने कुरामा सजग गराई दिन सञ्चारकर्मीहरु संग आग्राह गरेका थिए ।  उनले भने –‘गुल्मीका एक जोडीले उमेर नपुगी अन्तर जातिय विवाह गरेछन् तर दुई दिन सम्म घरमा लगेर राखिएकी दुलहीलाई पछि वलात्कारको आरोप परिवारले लगाएर मुद्धा दियो छुट्न नचाहेका ति जोडी रोएको देख्दा म पनि रोएँ । ’
  उनको कार्यकालमा ग्रैह दलितबाट कतै वलत्कार, कतै विवाहको वाहानमा यौन शोषणमा परेका धुप्रै दलित महिलाहरुलाई निकै छिटो फैसला सुनाएर  न्याय दिलाएको  अधिकारकर्मीहरुले बताउँदै आईरहेका वेला आर्चायले गरिव दलित र  अन्य विपन्न वर्ग एवं दुर्गमका वासीन्दाको समस्याप्रति आफु जानकार रहेको बताए ।
    गत आर्थिक वर्षमा  अन्यायमा पर्दै आएका गुल्मीका  तिन जना दलित महिलाहरुलाई जिल्ला अदालत गुल्मीले छिट्टै न्याय दिलाएको दलित महिला संघकी अध्यक्ष कमला वरालले बताईन् । त्यस्तै अन्य अधिकारकर्मीहरुले पनि जिल्ला अदालत गुल्मीको कार्य सम्पादन छिटो भएको र जनमानसमा अदालत प्रति आश्था बढ्दै गएको बताउँदै आएका छन् ।
   कार्यक्रममा जिल्ला अदालतका श्रेष्तेदार रामविरही मोहराईले वार्षिक कार्य विवरण प्रस्तुत गरेका थिए । त्यस्तै मेलमिला सहजकर्ता सुरेशचन्द्र भुसालले कानुनी मात्र नभई  व्यवहािरक पक्ष पनि हेरेर न्याय सम्पादन गरी दिन जिल्ला न्यायाधिस आचार्यलाई आग्राह गरेका थिए ।
   वैदेशिक रोजगारमा रहेका कतिपय  पुरुषका श्रीमति यता अवैध सम्वन्ध राखेर श्रीमानको विदेशको कमाई समेत परपुरुषलाई पोस्ने फेरी त्यस्तै महिलाले आदालतममा सम्वन्धविच्छेदका् मुद्धा  दिए लाखांंैै गोजी भराई  गराएर पिडित पुरुषलाई अदालतले थप पिडित बनाउन नहुनेमा भुसालको  जोड थियो ।
  गत आर्थिक वर्षमा पुनरावेदन अदालत भैरहवामा भएको समिक्षा गोष्ठीमा गुल्मी जिल्ला अदालतले उत्कृष्ट न्याय सम्पादन गरेको निष्कर्श निकालेको बताईएको छ ।  यता जिल्ला अदालत गुल्मीले गत आर्थिक वर्षभर उत्कृट कार्य सम्पादन गर्ने दुई जना कर्माचारी र सर्वोत्कृष्ट एक जनालाई पुरस्कृत गरेको छ । उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुमा रामचन्द्र घर्ति, सिता घिमिरे रहेका छन् भने सर्वोउत्कृष्ट कार्य सम्पादनमा रामबहादुर कुँवर पुरस्कृत  भएका हुन् । उनिहरुलाई जिल्ला न्यायधिस आर्चायले नगदर कदर पत्रले पुरस्कृत गरेका थिए ।

तस्वीरः सिता घिमेरे विदामा भएकोले पुरस्कृत दुई जनाले मात्रै फोटा खिचाउँद





Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment