चावहिलमा बस पल्टियो, ८ घाइते

२०७१ भदौ २० गते ५:५२ मा प्रकाशित

chabil-ma-bus
२० भदौ, काठमाडौं । काठमाडौंको चावहिलस्थित गोपीकृष्ण सिनेमा हल छेवैमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ यात्रु गम्भीर घाइते भएका छन् । घाइतेहरुको ओम हस्पिटक चावहिलमा उपचार भइरहेको छ ।
नयाँ बसपार्कबाट पुरानो बसपार्क जाँदै गरेको मध्यउपत्यका यातायातको बा १ ख ९२४० नम्बरको बस सडकमा पल्टिएको हो ।
खानेपानीको पाइप विछ्याउन खनिएको खाल्डोमा परेर बस पल्टिएको प्रहरीले बताएको छ ।
 अत्यधित गतिमा भएको कारण दुर्घटना भएको बसमा यात्रारत घाइते रोनिया ठकुरीले जानकारी दिइन् । खानेपानीको खाल्डोबाट बचाउन ब्रेक लगाउँदा गाडी पल्टिएको थियो ।
सडक अवरूद्ध हुनेगरी पल्टेको बसलार्इ हटाएर यातायात सुचारू गरेको ट्राफिक प्रहरीले जनाएको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment