अपडेटः गुल्मीमा जिप दुर्घटनाका घाईतेको नाम खुल्यो ।


प्रेम सुनार
गुल्मी, भदौं–२० । केहि वेर अघि गुल्मीको जैसीथोमा भएको जिप दुर्घटनाका घाईतेहरुको नाम खुलेको छ । घाईतेहरुमा धुर्कोट रजस्थल ६ का शर्मिला केसी, सिता केसी, वाग्लाकी कुमारी परियार, वाँझकटेरीकी पार्वती भुसाल , सिर्सेनीकी शारदा केसी र चालक मधु कुँवरकी भाई वुहारी र सिर्सेनीकी कमला बिक रहेको छन् ।
   घाईतेहरु मध्ये सिर्सेनीकी कमला बिक र नाम नखुलेकी चालक कुँवरकी भाई बुहारीको अवस्था अत्यन्तै चिन्ता जनक रहेको ग्रैह सरकारी महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले घटना स्थलबाट जानकारी दिए । उनका अनुसार ति दुई जनाले पानी समेत पिउन सक्ने अवस्था छैन् ।
  गुल्मीको जैसाथोकमा केहि वेर अघि जिप दुर्घटना भएको छ । तम्घासबाट सिर्सेनी तर्फ जाँदै गरेको लु १ ज १९७७ नम्वरको जिप जैसीथोक ८ स्थित सिमाहघाट पुल माथीको घुम्तीबाट धेरै तल खसेको जनाईएको छ । चालकी भाई वुहारीको भर्खरै विवाह भएकोले जेठाजुलाई नाम थाह नभएको र उनि वोल्न नसके पछि नाम नखुलेको हो ।
    त्यहाँबाट प्रत्यक्षदर्शी  सिमीचौरका फतबहादुर बस्नेतका अनुसार जिपमा क्षमता भन्दा बढि मानिसहरु सवार थिए । बस्नेत भन्छन –‘छतमा समेत खचाखच मानिसहरु थिए, धेरै तल खसेको जिपमा पाँच जना जति चिन्ताजनक अवस्थामा देखेको छु अरुको अवस्था वुझी सकेको छैन् । ’  यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र नेपाल संग सम्पर्क राख्दा भर्खर मात्र उद्धारका लागि प्रहरीको टोली बाटोमा जाँदै गरेकोले मानविय क्षतिबारे केहि जानकारी नआएको बताए । घाईतेहरुको नाम खुली सकेको छैन् ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment