२३ साउन, दैलेख । वनपालेको जागिर के का लागि ? वनको संरक्षण एवं रेखदेख गर्न । तर, वनको रेखदेख गर्न नियुक्त गरिएका वनपाले नै वनका रक्षक नभएर भक्षक भएपछि कसरी हुन्छ वनको संरक्षण ? यस्तै वनरक्षकै सिकारमा परेर उजाड बनेको छ दैलेखको गोगुन पानी सामुदायिक वन ।
वन मासिएर बाँदर मासिन्छ र आफ्नो आहारा संकटमा पर्छ भनेर सँधैं चिन्तित हुने राउटे समुदायलाई वनको संरक्षणका लागि भनेर नेपालमै पहिलोपटक वन हेरालुको जागिर दिइयो सुर्खेतमा । सुरुमा निकै इमान्दारी देखाए राउटेले । तर, पछिल्ला दिनमा महामुखियाको आदेश भन्दै तिनै वनपालेले काठ सामग्री बनाएर जीविकोपार्जन गर्ने भन्दै मेलैवारी वन फाँडेपछि गोगुनपानी सामुदायिक वन अहिले उजाड मरुभूमिझै भएको गोरखापत्रमा खबरछ ।
पुस्तौंपुस्तादेखि आफूहरुको खेतीपाती भनेकै कुकाठबाट कोसी, मधुस, खाट, झुमा बनाएर जीवन गुजारा गर्दै आएकाले रुख नकाटे राउटेको काल आउने महामुखिया महिनबहादुर शाहीले बताएपछि रुख काट्नुपरेको उनीहरुको भनाई छ । तपाईहरु रुख नकाट त भन्नुहुन्छ, राउटे रुख नकाटी कसरी बाँच्ने महामुखिया शाहीले प्रश्नगर्दै रुख नकाटी बाँच्ने विकल्प नभएकाले आफूहरु बाधय भएको बताए ।

0 comments:
Post a Comment