त्रेतायुगका श्रवणकुमार जस्तै भेटिए कमल

२०७१ साउन २३ गते 
२३ साउन, गोर्खा । उनी बिहान सबेरै उठ्छन्, आफू हातमुख धुन्छन् र आमाको पनि हातमुख धोइदिन्छन्। आमालाई दिसापिसाब गराउँछन्, चिया बनाएर खुवाउँछन् अनि आफू पनि खान्छन्। हो, हामीले कथामा सुन्दै आएका त्रेतायुगका श्रवणकुमारभन्दा कम लाग्दैनन् बुंकोट २ खाब्जी भन्ज्याङका १९ वर्षीय कमल थापामगर।
Kamalश्रवणकुमारले आँखा नेदेख्ने आमाबुबालाई बोकेर तीर्थव्रत गराएका थिए र जीवनभरि स्याहार गरेका थिए। यी कमलले पनि शारीरिक रूपमा अशक्त आमा ४० वर्षीया बालकुमारी थापालाई उठाउने, बसाउने, सुताउने, खुवाउने, दिसापिसाब गराउने मात्र गर्दैनन्, बिहानबेलुका छाक टार्ने खर्च पनि आफैंले जुटाउने गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
बिहान पाँच बज्दा उनी आफ्नो नित्य कर्म सक्छन् र आमालाई सघाउँछन्। ‘त्यसपछि खाना बनाउँछु र बिहान ६ बजे कामका लागि मेलातिर जान्छु। मेलाबाट नौ बजे फर्केर हतारहतार आमालाई खाना खुवाउँछु अनि आफू पनि खाएर स्कुल जान्छु’, कमलले भने, ‘स्कुलबाट आएर घरधन्दा गर्छु, खाना बनाएर आमालाई खुवाउँछु अनि आफू पनि खान्छु। भाँडा माझ्छु अनि गृहकार्य सकेर सुत्छु।’ सधैं त्यही दिनचर्या दोहोरिन्छ उनको।
कमल स्थानीय सहिद स्मृति उच्चमाविमा कक्षा नौमा पढ्छन्। उनले सानैदेखि आमालाई स्याहार गर्दै आएका हुन्। उनले आफ्नो दु:ख सुनाए, ‘एकदुई कक्षा पढ्दादेखि नै अर्काको काम गरेर कमाएको पैसाले कापीकलम किन्दै आएको हुँ। अहिलेस म पनि स्कुल ड्रेस र कापीकलम आफैंले कमाएर किन्दैछु। चामल, तरकारी, भुटुन, मसला सबै आफ्नै कमाइले किन्छु।’
बाबुलाई त उनले मात्र होइन, उनकी आमाले पनि बिर्सिसकिन्। कमललाई पढाउने र हेरचाह गर्ने कोही छैन। त्यसैले आफ्नो र जन्मजात पूर्ण अपांगता भएकी आमाका लागि खानेलाउने खर्चको जोहो उनी आफैंले गर्नुपरेको हो।
‘उसकी आमाका हातखुट्टा चल्दैनन्। यो छोरो नभइदिएको भए फोहोरमा डुबेर मर्ने रहिछन्’, स्थानीय इन्दिरा तिवारीले भनिन्, ‘धन्न कलियुगको श्रवणकुमार भएर जन्मेको रहेछ यो। कत्ति पनि झन्झट नमानी आमाको स्याहारसुसारमा रातदिन खटिरहन्छ।’ बिहानभरि घरधन्दा र मेलापात सकेर कमल स्कुल जाने गरेको उनले बताइन्।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment