रुकमाङ्गद तल्लो स्तरको मान्छे रहेछ’ (भिडियोसहित)

सेनापतिबाट हटाएकोमा मलाई पश्चाताप छैन

२०७१ भदौ ५ गते 

Prachanda-2
-प्रचण्ड, अध्यक्ष, एनेकपा माओवादी
रुकमाङगद कटवालका बारेमा धेरै कुरा गरिराख्न मनचाँहि मलाई लागेको छैन । म संविधानसभाको चुनाव हुनुभन्दा अगाडि नै, प्रधानमन्त्री बन्नुभन्दा धेरै समय अगाडि नै मेरो कटवालसँग भेटघाट हुन थालेको थियो । त्योबेलामा म प्रधानमन्त्री पनि थिइँन, म प्रतिपक्षको नेता पनि थिइँन । म विद्रोहबाट भर्खर आएको एउटा कमान्डरजस्तो थिएँ । उनीचाँहि नेपाली सेनाको कमान्डर हुनुको नाताले दुईवटा कमान्डरको भेटजस्तो हुने गथ्र्यो ।
उमेरमा मभन्दा जेठो भएको हुनाले मैले उनलाई दाइ भन्थें । त्यो दाइ भन्ने प्रचलन मेरो चुनावभन्दा पहिल्यै बन्यो । दुईवटा कमान्डरको भेटजस्तो बेलामा बन्यो ।
मैले उनले भनेको कुरा अहिले भन्ने हो भने त मान्छेका अगाडि म पनि कटवालकै स्तरमा झरेको हुन्छ भनेर म बोल्दिँन बाबा भनिरहेको छु
कटवाल अलि पोजेटिभ भएर आउँछन् कि भन्ने कता-कता मभित्र अलिकति आशा थियो । उनले नेपालको समस्या समाधान गर्नका लागि मैले लिने राजनीतिक पहललाई सकारात्मक सहयोग गर्छन् कि भन्ने आशा किन थियो भने पहिला एकचोटि हामी भूमिगतै हुँदा नोकरसँग के कुरा गर्ने, मालिकसँगै गर्छौं भनेका थियौं र ज्ञानेन्द्रसँगै कुरा गर्ने सम्भावना बढेको थियो । त्योबेला महराजीमार्फत हामीले सम्पर्क गरिराखेका थियौं ।
रुकमाङदसँगै पहिला महराजी लेबलमा कुरा गर्ने अनि ज्ञानेन्द्रसँग मैले भेट्ने कि भन्ने कुरा चलेको सन्दर्भमा पनि मेरो दिमागमा रुकमाङ्गदबाट थोरै सकारात्मक केही हुन्छ कि भन्ने आश पनि हुन्थ्यो ।
जनमुक्ति सेना र नेपाली सेनाको राम्रो समायोजन गर्ने र नेपाललाई राष्ट्रिय रुपमा नयाँ ढंगले लिएर जाने स्थिति हुन्छ कि भन्ने आशा मभित्र त्यतिबेला कहीँ न कहीँ थियो । त्यसकारण त्यसबेलाको भेटमा मैले उनलाई दाइ भनेको थिएँ । उमेरकै कारणले । अन्य कुनै कारणले मैले भन्दैनथें । र, अलिकति कहीँ सकारात्मक स्थिति आउँछ कि त ।
त्योबेलामा दुईवटा कमान्डर मिलेको जस्तो थियो । त्यसबेला म न प्रधानमन्त्री, न मन्त्री, न चुनाव लडेको, म त केही पनि थिइँन । म खालि जनमुक्ति सेनाको सुप्रिम कमाण्डर हुँ भन्ने मेरो मानसिकता थियो ।
तिनले कितावमा अहिले जुन ढंगले लेखे, मेरो त्यो सकारात्मक धारणालाई अलि उडाउने ढंगले लेख्दाखेरि यी मान्छे तल्लो स्तरको मान्छे रहेछन् भन्ने मलाई परिराखेको छ ।
त्यही कितावमा लेखेको अनुसार पनि माओवादीलाई के गरी सिध्याउने भन्ने त यिनको दिमागमा रहेछ । मचाँहि उनीसँग मिलेर नेपालमा नयाँखालको सेना समायोजन हाइटबाट होला कि भनेर सोच्ने । एउटा राजनीतिक नेतृत्वको हैसियतले राष्ट्रिय जिम्मेवारीका साथ सोच्ने, उनीचाँहि माओवादीलाई के गरी सक्ने भन्ने सोच्दा रहेछन् । यो किताबअनुसार त उनको दिमागमा त्यो रहेछ ।
Prachanda-1जस्तो उनले त्यतिबेलाको शाही सैनिक मञ्चमा, खुल्लामञ्चमा पहिलो सभा हुँदा जनता त्यतापटि्ट गए । तिनको त त्यहीँ भुट्छु भन्ने मनस्थिति रहेछ । गिरिजाबाबुसँग मेरो कुरा भएको थियो, म पूर्वमा थिएँ । केही हुँदैन, तपाई ढुक्क हुनुहोस्, छाडिदिनोस् भनेर मैले गिरिजाबाबुलाई भनिराखेको थिएँ । त्यो मान्छेको दिमागमा त भुट्ने पो रहेछ ।
कटवालले दाइ-दाइ भनेर अनुनय गर्थ्यो भनेजस्तो तुच्छ ढंगले प्रस्तुत गर्न खोजे, मैले उनले भनेको कुरा अहिले भन्ने हो भने त मान्छेका अगाडि म पनि कटवालकै स्तरमा झरेको हुन्छ भनेर म बोल्दिँन बाबा भनिरहेको छु । उसले तपाई हात्ती हो यो देशको, अरु सब कमिला हुन् भनेर भन्थ्यो मेरा अगाडि ।
अहिले मैले त्यो कुरो धेरै भनें भने पनि प्रचण्डले किन भन्यो होला भन्ने पर्छ भन्ने भएर म धेरै भन्दिँन । व्यक्तिगत भेटमा भएका सबै कुरा खोल्दै हिँड्नु नैतिक पनि भएन । सामान्य मानवीय नैतिक मान्यता भन्दा उनी तल गएको देख्छु म ।
सेनापतिबाट हटाएकोमा पश्चाताप छैन
उनलाई सेनापतिबाट हटाएकोमा मलाई पश्चाताप छैन । राजनीतिक रुपले हेर्दाखेरि मलाई केमात्रै हो भने त्यतिबेला नागरिक सर्वोच्चताको पक्षमा हामीले स्टेप चालेको हो । सेनाले चाँहि चुनौती दिन खोज्ने निर्वाचित सरकारलाई । यो त हुन सक्दैन भन्ने कुरा न हो । मुख्य चुरो त त्यो हो ।
त्यसमा चुनौती उसले मात्रै दिएको त होइन । उसको हैसियत भएको भए त राजाले पढाएर, बढाएर हुर्काएको मान्छे मुलुक राजतन्त्रको विरुद्धमा जाँदाखेरि उसले केही पनि त गर्न सकेन । कृतघ्न मान्छे हो भन्ने त देखियो । कृतघ्न हो । कसैप्रति केही रहेनछ । राजाप्रतिको कृतज्ञता पनि देखिएन नि त ।
(अनलाइनखबरसँग कुराकानीमा आधारित)

भिडियो हेर्नुहोस्


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment